मैले गरेका निर्णयमध्ये यो एउटा सहज निर्णय थियो। विगत १० वर्षभन्दा बढीको समयावधिमा ‘सयौैं पटक यस्तो निर्णय लिनैपर्छ’ भन्ने सोचेकाले पनि सहज भएको होला। पहिलो पटक सोच्दा म २०/२२ वर्षको जति थिएँ होला। मलाई निकै गाह्रो भएको थियो, म असिन/पसिन भएको थिएँ। साह्रै बिरामी पनि परेको थिएँ। अनि मलाई थाहा भयो, मत पूर्ण रुपमा हेरोइनको कुलतमा फसेको रहेछु। ‘मैले जसरी पनि रोक्नुपर्छ,’ स्वयं आफैंलाई भनें।
हेरोइन प्रयोग त्याग्ने प्रयास गरेका केही दिन म सफल हुन सकिनँ। यसले मलाई विगतको स्मृतिमा फर्कायो। हेरोइनको कुलत त्याग्ने निर्णय त गरिसकेको नै थिएँ तर, यसले मूर्तरूप लिन भने लामै समय लाग्यो, खेलकुद प्रतियोगितमा घाइते भएर लडेको मान्छे उठेर स्कोर गर्न जति नै।
यो प्रयास जारी रह्यो। हेरोइनको कुलत त्याग्नैपर्छ भनेर मैले आफैंलाई नभनेका दिन कुनै थिएनन्। कहिलेकाँही त दिनभर यही कुरा सोच्नुभन्दा अरु काम नै हुँदैनथ्यो। सोच्दासोच्दा कहिलेकाँही त मानवीय चेतनाभन्दा बाहिर पनि पुग्थें। अरु बेला पनि मेरो धेरै ध्यान यही विषयमा केन्द्रित हुने थालेका थियो।
हेरोइनको कुलत त्याग्नुपर्छ भन्ने लागिरहे पनि कहिलकहिले त मैले मेथाडोन र निद्रा लगाउने औषधि प्रयोग गर्नुपर्ने अवस्था समेत आयो। सुरुमा साताको एक दिन मात्र थियो तर यो प्रक्रियाले विश्राम लिएन। बिस्तारै यो क्रम झन् बढ्न थाल्यो।
एकपटक लन्डनबाट बाहिर निस्कने अवसर मिल्यो, गाउँमा बसेर मैले करिब एक महिनाजति समय बिताउने निर्णय गरें, बिताएँ पनि। गाउँमा बस्दा टन्न पिउनु, धूम्रपान गर्नु र हेरोइनका चक्की खानुभन्दा अरु केही पनि काम भएन। यसले मात्र मेरो शरीरका सबै फोहोर पूर्ण रुपमा सफा भएजस्तो लाग्यो। तर, यसले त उल्टै मेरो शरीरमा हानी गरिरहेको थियो। मैले सोचेको थिएँ– गाँउमा गएर बसेपछि त मेरा कुलतका सबै बानी छोडिएलान्।
तर, त्यस्तो भएन।
फेरि स्वस्थ जीवन होला कि भनेर म पुनः गाउँबाट लन्डन फर्किएँ। कारमा लन्डन गइरहेका बेला बीच बाटोमा नै मेरो दिमागमा अर्कै कुरा आयो। पेकाममा भएको आफ्नो कोठा जानुको सट्टा महेरोइनको डिलर भएको ठाउँतिर लागें। यति बेलासम्म हेरोइनले मेरो जीवनको स्याहार गर्न थालेको पाँचवर्ष भइसकेको थियो।
यसपछि मैले ‘हेरोइनको कुलत त्याग्छु र हेरोइन कुलत हो’ भन्ने कुरा कहिल्यै सोचिनँ। हेरोइनको कुलत स्थायी रुपमा नै मैले त्याग्नै पर्ने थियो। मेरो ३०औं जन्मदिनको करीब ६ महिनापछि अब हेरोइन सेवन गर्दिनँ भन्ने कुरा मेरो अन्तरात्माले भनिरहेको पाएँ। मेरो आयु दिनदिनै घटिरहेको पाएँ।
यति बेलासम्मा मैले नियमित हेरोइनको ओभरडोज लिन थालिसकेको थिएँ। र मैले के कुरा पनि बुझेको थिएँ यदि अब पनि हेरोइन लिन छोडिनँ भने अबका एक वर्षभित्रै मेरो मृत्यु हुनेछ। म भित्र भएको मान्छे अझ पनि लामो समय बाँच्न चाहन्थ्यो। त्यही भएर होला मेरी श्रीमती र मेरो नजिक रहने साथीले मलाई पुनस्र्थापना केन्द्र जाने सल्लाह दिए। उनीहरूका कुरा सुन्न म तयार भएको थिएँ। मेरो बानी त्यतिसम्म खराब छ भनेर पनि उनीहरूलाई दिक्दारी दिन चाहन्नँथे। मैले लिन थालेको मेथाडोनले यसमा जादु नै ग¥यो।
चार हप्ता पुनस्र्थापना केन्द्रको बसाइ केही सहज नै थियो। निश्चय पनि पूर्ण रुपमा कुलतबाट बाहिर निस्कन त नर्ककै अनुभव गर्नुपर्ने थियो। तर, यसको पनि एउटा निश्चित किसिमको संरचना हुँदो रहेछ, ढोकामा चाबी लगाए जस्तो। त्यहाँ कुलतमा फसेका मेरा साथीहरूको पनि मलाई साथ थियो। केही साथी राम्रोसँग परामर्श दिने गर्थे भने केही त आफूलाई कसरी बचाउने भन्ने बारेमा सचेत भइसकेको मानिस पनि थिए।
जब म घरमा हुन्थेँ, अवस्था एकदमै धराशायी हुन्थ्यो। मैले श्रीमतीलाई एक बोतल बारबिटुरेटस् दिएर म बाट मुक्ति लिन पनि भनेको थिएँ। बारबिटुरेट्स भनेको एक किसिमको लागुपदार्थ हो। यो सेवन गरेपछि बिस्तारै मानिसको शरीरमा लाग्छ र उसको मृत्यु हुन्छ। जीवन नै समाप्त गर्ने त्यो लागुपदार्थ लिने इच्छा गरेको मैले फेरि निर्णय परिवर्तन गरें, पुनः पुनस्र्थापना केन्द्र गएर सामान्य जीवनशैली अपनाउने। म भित्रको केही भाग अझै पनि बाँच्न चाहन्थ्यो। ल्गभग किनारा लागिसकेका केही चिजबाट मैले केही पुरस्कार पाएको थिएँ। जीवनमा केही निर्णहरु गर्दा पाइला पाइलामा गर्नुपर्ने रहेछ।
यदि, मेरा कुलत सबै साफ गर्ने ठाउँ पुनस्र्थापना केन्द्र नै हो भने त्यो नारकोटिक्स एनोनिममस (एनए) नै हो। तर, यसबाट छुटेको केही दिनमा म पुनः ड्रग्समा फर्कन सक्थें। एनएले मलाई जीवनको अर्थ बताइदियो अनि जीवनमा आशाको बाटो पनि देखाइदियो। यो भन्दापहिले मैले कहिल्यै पनि लागुपदार्थको कुलतबाट पूर्ण रूपमा छुटकारा पाएको र कुनै पनि लागुपदार्थ तथा अल्कोहल नलिने मानिस देखेकै थिइनँ।
त्यो बेलासम्म मैले भेटेका जति पनि लागुपदार्थ दुव्र्यसनी थिए, ती सबैलाई मैले दुई भागमा विभाजन गरेको थिएँ। ती दुव्र्यसनी कि त जीवित हुन्थे या त मरिसकेका।
सन् १९८७मा एनएकै सानो शाखा स्थापना भएका ेथियो लन्डनमा। त्यतिबेला मानिसलाई फेलोसिप दिएर मात्र यो संस्थाका बारेमा जानकारी दिन सकिन्थ्यो। तर, मैले यो संस्थासँग अर्कै किसिमको आत्मीयता भएको पाएको छु परिवारजस्तै। मलाई पनि यो संस्थाका विषयमा जानकारी नै थिएन। यो संस्था त्यही हो, जसले मेरो जीवन बुझेको थियो, मेरा लाजहरू बुझेको थियो, मेरा अँध्यारा अतीत र आगामी दिन बुझेको थियो। त्यहाँ भर्खरै अथवा करिब दुई वर्षअघि लागुपदार्थको दुव्र्यसनीबाट मुक्ति पाएका मानिस मेरा लागि भगवान जस्ता थिए।
एक दिन दिउँसोको समय थियो। मेरा लागि मन्त्र पनि त्यहीँ थियो। म मिटिङमा थिएँ। मैले चिया र कफी मात्र लिने प्रतिबद्धता गरें।
यसपछि भएका प्रायजसो मिटिङमा म अरुका कुरा धेरै सुन्थें। मलाई आफ्ना कुरा भन्न लाज लाग्थ्यो। एक शब्द उच्चारण गर्न पनि त्यस्तै हुने। सुरुका दिनमा त म सँग उच्चारण गर्ने कुनै वाक्य थिएनन्। यतिसम्म कि मसँग व्यक्त गर्ने कुनै शब्द नै नहुने। बिस्तारै मैले आफ्नै आवाज पत्ता लगाएँ। मैले मेरो पीडालाई आत्मसात गरें। क्रमिक रुपमा जीवन सुधार भएजस्तो लाग्न थाल्यो। म अझै पनि बच्चा नै छु जस्तो भएको महसुस हुन थाल्यो। आफंैले आफंैलाई क्षति पु¥याउने प्रकृतिको, आफंैले आफैंलाई माया नगर्ने प्रकृतिको भइसकेको थिएँ म। म यी सबै भावनाका साथमा कुनै पनि लागुपदार्थ बिना नै बाँच्न सक्थें। कहिलेकाँही अरुका तुलनामा मलाई सहज महसुुुुस हुन्थ्यो।
मानसिक स्वास्थ्यका समस्याले एक पटक म अस्पतालमा भर्ना भएको थिएँ। यसपछि मलाई बारम्बार चिन्ता तथा डिप्रेसनका समस्या बल्झिरह्यो। अहिले पनि मलाई हेरोइन लिएर एकदुई घन्टा सबै भावनाबाट हराउन मन लाग्छ। तर, लागुपदार्थ प्रयोग नगर्नुको कुनै विकल्प हुँदैन।
एनएमा मैले चिनेका धेरै मानिसको मृत्यु भइसकेको छ। केही मानिसको अवस्था झन् खराब हुँदै गएको छ भने केहीले लागुपदार्थका मात्रा अझ बढाउँदै लगेका छन्। कोहीले आफैं आत्महत्या गरेका छन्। कोही एड्सका कारण मृत्यु शैय्यामा पुगे भने केहीलाई हेपाटाइटिस सी भएको छ। केही मानिस मुटुरोग र क्यान्सरका कारण दीर्घकालीन बिरामी परेका छन्। लागुपदार्थ दुव्र्यसनीको मृत्युदर सामान्य मानिसका प्राकृतिक मृत्युदरका तुलनामा निकै उच्च रहेको मैले थाहा पाएँ।
कहिलेकाँही त मलाई अझ बढी भएको जस्तो पनि लाग्थ्योे। तर मैले यी सबै मानिसप्रति म ऋणी छु। मेरो जीवनामा भेटेका जीवित र मरेका मानिसप्रति पनि आभारी छु। यिनीहरु बिना अर्थपूर्ण सम्बन्ध बनाउने क्षमता ममा आज हुँदैनथ्यो। मैले उनीहरुबाट कसरी एक अबोध श्रीमतीको अपेक्षा अनुसारको श्रीमान् बन्ने, कसरी छोराछोरीहरुको असल पिता बन्ने र साथीहरुको मित्र बन्ने भन्ने कुरा उनीहरुबाट नै सिकेको हुँ।
भाग्यमानी मान्छेहरूमध्ये म पनि एक हुँ। पक्कै पनि लागुपदार्थको दुव्र्यसनीबाट मुक्त हुन मैले धेरै कोसिस गरेको छु। तर, म जसलाई मन पराउँछु उनीहरूलाई नै भेट्ने म भाग्यमानी नभएर के हुन सक्छु त ? यति मात्र होइन, मलाई मन लागेको काम नै गर्न पाउने पनि म नै हुँ। निश्चय पनि यी सबैबाट आनन्द लिन सक्नु झनै राम्रो कुरा हो। म खुसी चिन्न र पीडाको अनुपस्थिति होस् भन्ने कुरामा नै केन्द्रित थिएँ। तर, मलाई थाहा छ मानिसले सबै कुरा पाउन सक्दैन। म अझ पनि यही संसारमा छु, यो नै मेरा लागि मुख्य कुरा हो। यही महिना ३२ वर्ष पुगेको छु, अझ धेरै उमेरका पाना पल्टाउनु छ। (द गार्जियन)
भावानुवाद : तीर्थराज निरौला