काठमाडौं- त्रिपुरेस्वरस्थित ब्लुक्रस अस्पतालमा शल्यक्रियाका लागि उपयोगी हुने अत्याधुनिक माइक्रोस्कोप उपकरण ल्याइएको छ। जटिल शल्यक्रियालाई सहज रुपमा गर्न अस्पतालले उक्त उपकरण भित्र्याएको हो।
अस्पतालमा उक्त उपकरणबाट सेवा सुरु समेत भइसकेको छ।
उक्त मेसिनको सहायताबाट न्यूरो, नाक, कान, घाँटी तथा अर्थोपेडिक्सका जटिल शल्यक्रिया सहज रुपमा गर्न सहयोग गर्ने अस्पतालका सञ्चालक समितिका सदस्य सचिव रजत श्रेष्ठले जानकारी दिए।
नयाँ मेसिनका विषयमा जानकारी दिन अस्पतालले शुक्रबार राजधानीमा कार्यक्रम गरेको थियो। उक्त कार्यक्रममा करिब एक सय जना डाक्टरहरुको उपस्थिती रहेको अस्पतालकी प्रशासकिय तथा लेखा प्रवन्धक सतीदेवी गौतमले जानकारी दिइन्।
कार्यक्रममा हाडजोर्नी विेशषज्ञ तथा ह्यान्ड सर्जन डा शिलु श्रेष्ठ, न्युरो सर्जन डा हृदयेस प्रताप मल्ल र नाका, कान तथा घाँटीरोग विशेषज्ञ डा सुमन डंगोलले माइकोस्कोपको सहयाताबाट हुने शल्यक्रियाका बारेमा जानकारी दिएका थिए।
