बिरामी भेट्न आउँदा डाक्टरको मनमा खेलिरहेको कुरा के हुनसक्छ, तपाईंले कहिल्यै अनुमान लगाउनु भएको छ? उनीहरुको विचार जान्नका लागि एउटा सर्वेक्षण भएको थियो, जसमा क्यानडाभरका डाक्टरहरुलाई त्यसबारेमा सोधिएको थियो।
चिकित्सकले वास्तवमा के सोचिरहेका हुन्छन् भन्ने कुराले तपाईंलाई झस्काउन सक्छ। चिकित्सकको समय सधैँभरि बहुमुल्य रहन्छ। तसर्थ हामीले हरेक पल्टको डाक्टरसँगको भेटमा प्रत्येक मिनेट गणना गर्नु जरुरी हुन्छ। तर के हामी त्यसो गर्छौैं? त्यो थाहा पाउनका लागि एक अनुसन्धानकर्ताले चिकित्सकहरुसँग अन्तर्वार्ता लिएर तिनीहरुका सरोकारहरुको बारेमा तथ्यांक संकलन गरेका थिए। तत्पश्चात अनुसन्धानमा बिरामी जाँचको बेलामा चिकित्सकको मनोभाव बुझ्नका लागि र वास्तवमा तिनीहरुले बिरामीहरुलाई के भन्न चाहन्छन् भन्ने कुरा खुलाउनका लागि राष्ट्रव्यापी सर्भे गर्दै चिकित्सकहरुलाई प्रश्नहरु सोधिएको थियो।
अनुसन्धानबाट निस्केको निष्कर्षअनुसार चिकित्सकले ‘तपाईंले थाहा पाउनु जरुरी छ’ भनी बिरामीलाई जरुरी १० उत्कृष्ट तयारीका बारेमा यहाँ जानकारी गराइन्छ। आगामी दिनमा चिकित्सकसँगंको भेटका क्रममा यी निम्न भनाइहरुलाई दिमागमा राख्नु उपयुक्त हुनेछ। यो क्यानडामा मात्र नभई नेपालमै पनि उपयोगी हुन सक्छ।
१. यदि सिफारिस गरिएबमोजिम तपाईंले औषधि सेवन गरिरहनुभएको छैन भने, कृपया इमान्दारीपूर्वक भन्नुहोस्।
रोगीहरुले सिफारिस गरिएका औषधिहरु लिँदैनन्? “यो अवस्था प्रायः सधैँ आइरहन्छ”, सास्काटुनका डाक्टर आर्मस्ट्रङ मेटल भन्छन्। अध्ययनले के देखाउँछ भने चिकित्सकले दिइएका २०प्रतिशत औषधिहरु कहिल्यै सेवन गरिँदैन र तीमध्ये सेवन गरिने आधा औषधि पनि गलत ढंगले सेवन गरिन्छ।
पारिवारिक चिकित्सक तथा अल्ब्रेटा मेडिकल एसोसिएसनका पूर्व अध्यक्ष डा स्टिभ च्याम्बरर्स भन्छन्, “बिरामीहरुले आफूले उपचारको अर्को विधि अपनाउने निर्णय गरेको वा औषधि सेवन गरिरहेका छैनन् भन्ने कुरा चिकित्सकलाई भन्न निजहरु कहिलेकाहीँ डराउँछन्। तिनीहरुमा यसले अन्य असर पुग्ने हुँदा यसलाई सेवन नगर्ने निर्णय गरेका हुन सक्छन् र डाक्टरलाई त्यो कुरा भनेर उनको भावनामा चोट पुर्याउन चाहँदैनन्।”
तपाईं के गर्न सक्नुहुन्छ र तपाईं वास्तवमा के गरिरहनुभएको छ भन्ने कुरा चिकित्सकलाई भन्नुहोस्। डा च्याम्बरर्स भन्छन्– उपयुक्त सुझाव तथा उपचार पाउनका लागि बिरामीहरुले सकेसम्म बढीभन्दा बढी सूचना चिकित्सकलाई उपलब्ध गराउनु पर्छ।
२. “यदि तपाईं आइपुग्न ढिला हुनुभयो वा निर्धारित समयमा भेट्न सक्नुभएन भने मेरो अफिसको कर्मचारीलाई जानकारी गराउनुहोस्।”
बिरामीे जसरी चिकित्सकलाई कुर्न मन पराउँदैनन, त्यो भन्दा पनि बढी चिकित्सक बिरामीलाई कुर्न सक्दैनन्। एक जना भ्यानकुभर निवासी पारिवारिक चिकित्सक भन्छन्, “यदि तपार्इं ढिला आउनुभयो भने तपार्इंको लागि मसँग कम समय हुनेछ। र, त्यसको कारणले तपाईंसंँग जस्तै अन्यसंँग पनि कम समय बाँकी रहन सक्छ।” यदि बिरामीले चिकित्सकसँगको भेटघाटको समय भुल्नुभयो भने त्यसले झन् बढी गाह्रो बनाउँछ। अर्का झोक्की चिकित्सक भन्छन्, “तीन पटकसम्म मैले जाँच नगरेपछि मैले तिमीलाई बिल पठाउनु हँुदैन र? पहिलो पटकपछि दन्तचिकित्सक वा वकिलजस्तै गर्नुपर्ने हुन्छ।”
तपाई यसमा के गर्न सक्नुहुन्छ भने तपार्इंसंँग भेटघाटको समय छैन भने छिटोभन्दा छिटो त्यो लिइएको समयलाई रद्ध गर्नुहोस्।
३. “यदि तपाईंले पूरक रुपमा कुनै आयुर्वेदिक वा कुनै औषधि चिकित्सकको सिफारिसविना सेवन गरिरहनुभएको वा अन्य वैकल्पिक उपचार विधि प्रयोग गरिरहनुभएको छ भने डाक्टरलाई भन्नुहोस्।”
सन् २००० मा भएको यान्गस रेइड सर्भेले दुई तिहाइभन्दा बढी क्यानेडियन नागरिकहरुले आयुर्वेदिक उत्पादन लगायतका केही थप पौष्टिक पूरक औषधिको प्रयोग गरेको पत्ता लगायो। ‘‘तपाईंले कुनै जडिबुटी उत्पादन प्रयोग गर्दै हुनुहुन्छ भने त्यसलाई सक्रिय औषधि विज्ञानको रुपमा लिइँदैन भन्ने जनमानसको भ्रम छ”, ट्वाइलिन्गेट, एनएफएलडीका डा. मोहमद राभेलिया भन्छन्, “यदि तपाईं औषधिको विगततर्फ जानुहुन्छ भने विशेषगरी तपाईंले चिकित्सकको सिफारिसविना औषधि सेवन गर्ने वा हर्बल उत्पादन प्रयोग गर्नेतर्फ इशारा गर्नुहुन्न, धेरैजसो समयमा बिरामीले स्वेच्छिक रुपमा यस्तो काम गर्ने छैनन्।’
तपाईं के गर्न सक्नुहुन्छ? “यदि तपाईं वैकल्पिक वा सहायक उपचार विधि प्रयोग गरिरहनु भएको छ भने तपाईंको चिकित्सकले यो बारेमा जान्नु जरुरी छ”, डा. च्याम्बरर्स सल्लाह दिन्छन्। तपाईंले प्रयोग गरिरहनुभएको केही वा सबै औषधि वा पूरक उपचार विधिको बारेमा चिकित्सकसँग सल्लाह लिनुहोस्, फलस्वरुप चिकित्सक तपाईंको विद्यमान स्वास्थ्य स्थितिको बारेमा पूर्णरुपमा जानकार रहन्छ। मिश्रित औषधि प्रयोग र अभ्यासको बारेमा तपाईं थप होसियार हुनु जरुरी छ।
४. तपाईंले वजन घटाउनुपर्छ।
तीस लाखभन्दा बढी क्यानेडियनहरु मोटोपनाजस्तो भयंकर समस्याबाट ग्रस्त रहेको टिप्पणी क्यानेडियन मेडिकल एसोसिएसन जर्नलमा गरिएको छ। केलोना बिसीका पारिवारिक चिकित्सक डा मार्क फ्रमबर्ग धेरैजसो मानिसले मोटोपनालाई शारीरिक बनावटका रुपमा लिएको र तिनीहरु यसलाई क्यान्सर, मुटुरोग, किड्नी समस्या र तनावलगायत करिब ५० वटा विभिन्न स्वास्थ्य समस्याहरु जड हो भन्ने तथ्यलाई आत्मसात गर्दैनन् भन्ने विचार राख्नुहुन्छ।
तपाईंले के गर्न सक्नुहुन्छ? बढी वजन हुनु भनेको तपाईको स्वास्थ्यको लागि ठूलो जोखिम हो र वजन नियन्त्रणमा राख्नका लागि उपयुक्त कदम चाल्नुपर्छ भन्ने कुरालाई स्वीकार गर्नुहोस्।
५. “तपाइर्ंले के छोडिरहनुभएको छ भन्दा पनि तत्काल के कुरामा चिन्तित हुनुहुन्छ त्यो भन्नुहोस्।”
“बिरामीमा खासगरी छाती दुख्ने समस्या भएकोमा तपार्इं नलिखुट्टामा समस्या भएको हो कि भनी समय व्यतित गर्नुहुन्छ,” एक जना पारिवारिक चिकित्सक तथा ब्रिटिस कोलम्बिया विश्वविद्यालयअन्र्तगत मेडिकल अन्डरग्र्याजुएट कार्यक्रमका पूर्व सहायक डिन डा शारोन सालौम भन्छन्। मानिसहरु किन सबैभन्दा खराब वा बिग्रिएको चिजलाई अन्तिममा आएर मात्रै छोड्छन् भन्ने कुरा उहाँ बुझ्नुहुन्छ, ‘‘तिनीहरु आत्तिन्छन्, आशंकित हुन्छन्। यदि कुनै कुरा वा चिजले साँच्चै तपाईंलाई असर पुर्याएको छ भने सबभन्दा पहिला त्यसबाट मुक्त हुनुहोस् किनकि समयअनुसार चल्नुपर्छ।
बिरामीहरुले जब विभिन्न गुनासाहरु गरेपछि के गर्ने भन्ने सम्बन्धमा यस सर्भेमा चिकित्सकहरुलाई विभिन्न समूहमा विभाजन गरिएको थियो। डा सालौम पूरा विवरण सुनेपश्चात त्यसलाई प्राथमिकीकरण गर्न चाहन्छिन्। हामीले आज खासगरी जीवन जोखिममा पार्ने र जटिल विषयको बारेमा छलफल गर्ने निर्णय गरेका छौँ। तर अर्का एक जना चिकित्सक भन्नुहुन्छ, “एक पटकमा एउटा मात्रै समस्या हेर्नुपर्छ।’
तपाईं के गर्न सक्नुहुन्छ? तपाईंको चिकित्सक कसरी काम गर्न रुचाउँछन् भन्ने बारेमा सोध्नुहोस्। यदि तपाईंले समस्याको थुप्रो बोकेर चिकित्सकसमक्ष जानुहुन्छ भने पहिलो भेटघाटमा नै ती सबै समस्याहरु चिकित्सकले अध्ययन गर्नुहुनेछ भन्नेमा आशावादी नहुनुहोस्।
६. तपाईंलाई औषधिको सिफारिस आवश्यक पर्दैन।
एड्मन्टनका चिकित्सक डा शेल्बी कार्पम्यान भन्छन्, “खासगरी एन्टिबायोटिक लिने समयमा यो सधैजसो हुने गर्दछ।” विगतको इतिहास, मिडिया, मित्रमार्फत बिरामीहरु औषधिको बारेमा अभ्यस्त भइसकेका छन्, यदि चिकित्सकको कार्यालयबाट कुनै बिरामी औषधिको सिफारिस नलिई बाहिर निस्कन्छ भने तिनीहरु उचित तवरले यस विषयमा अभ्यस्त भएका हुँदैनन् भन्दा हुन्छ। ‘‘साँच्चै भन्नुपर्दा, एन्टियोबायोटिक चाहिन्छ भन्नका लागि खासै धेरै शर्तहरु विद्यमान छैनन्। रुघाखोकी वा फ्लूबाट ग्रसित कैयौँ बिरामीहरु मकहाँ आउँछन् र तिनका लागि एन्टियोबायोटिक आवश्यक नै पर्दैन तर पनि तिनीहरु एन्टियोबायोटिक चाहिन्छ भनेर जोड गर्छन्। किटाणु मार्नका लागि एन्टियोबायोटिकले खासै काम गर्दैन भनी म बारम्बार बताउँछु, क्लिनिकमा आएर धेरै गनथन गर्ने बिरामी भन्दा पनि तिनीहरुको शिक्षाको विषयलाई लिएर चिकित्सकहरु कम चासो राख्छन्। चिकित्सकले औषधि लेखिदिन्छन् र बिरामीहरु सोच्दै जान्छन्, अर्को पल्ट मलाई चिसो लाग्यो भने म फेरि आउनेछु, तर म तिनीहरुलाई देख्दिनँ।’
तपाईंले के गर्न सक्नुहुन्छ? गैरमेडिकल उपचारले पनि औषधिको चक्कीले भन्दा राम्रो काम गर्छ भनेर सम्झनु जरुरी छ।
७. तपाईं मलाई भेट्न आउने समयमा तपाईंलाई देखिने लक्षणका बारेमा स्पष्ट हुनुपर्दछ।
“म तपाईंको दिमाग पढ्न सक्दिन,” एक जना चिकित्सक भन्छन्। चिकित्सकसँग नचाहिने कुरा गर्नु भनेको सबैका लागि समय खेर फाल्नु मात्रै हो र यो तपार्इंका लागि गलत उपचार पनि हो। डा सालौम बिरामीलाई चिकित्सककहाँ आउनुभन्दा पहिला कुनै पनि रोगको विगतका बारेमा स्पष्ट जानकारी लिएर आउन सुझाव दिन्छन्। यो लक्षण कहिलेबाट देखा पर्न सुरु ग¥यो, सुधार भइरहेको छ कि बिग्रिरहेको छ, के भयो भने सजिलो हुन्छ र के ले बढी खराब गर्दछ, कहाँ दुख्छ, के विकिरण आउँछ इत्यादि।
तपाईं के गर्न सक्नुहुन्छ? संक्षिप्त, ठिक र पूर्ण रुपमा तयार हुनुपर्छ। जब तपाईंमा लक्षणहरु देखापर्छ, त्यसले कत्तिको खराब गरिरहेको छ र कति समयमा यो हुने गर्छ भन्ने हेक्का राख्नुस्।
८. “फोनमा डाक्टरले औषधि फेर्न सिफारिस गर्छ भन्ने आशा नै नगर्नुस्। डाक्टरले तपार्इंको फेरि स्वास्थ्यपरीक्षण गर्नुपर्ने हुनसक्छ”
एक जना साह्रै रुखो चिकित्सक छन्, उनी भन्छन्, “फोनमा मैले सेवा उपलब्ध गराएबापत मैले पारिश्रमिक पाउँदिन।” पटक पटक चिकित्सकलाई भेट्नुको महत्व भनेको औषधिले सही ढंगले काम गरिरहेको छ भनी सुनिश्चित गर्नु हो भन्ने कुरामा केही चिकित्सकहरु जोड दिन्छन्। धेरैजसो बिरामीहरु भन्छन्, “मैले राम्रो महसुस गरेको छु, केवल औषधिको सिफारिसका लागि मात्रै मैले आफ्नो समय खर्चिने र भेट्ने प्रयास गर्नु पर्ने हो,” डा जय ड्यानफोर्ड अफ एड्मन्टन भन्छन्, “तर यो भेट केबल औषधि फेर्नका लागि मात्रै होइन, केवल ५ मिनेट मात्रै भए पनि बिरामीलाई ठिक छ, कतै उच्च रक्तचाप पो छ कि भनेर बुझ्नुपर्ने हुन्छ, हामीले बिरामीलाई हेर्नुपर्छ, बिरामीहरु कसरी हिँडडुल गर्छन्, तिनीहरुको अवस्था कस्तो छ भन्ने बारेमा बुझ्नु जरुरी हुन्छ। प्रश्नहरु सोध्ने र उत्तर दिनेभन्दा पनि कार्यालयका कर्मचारीहरुको भनाइलाई पनि विचार गर्नुपर्ने हुन्छ। तिनीहरुले कस्ता कपडाहरु लगाएका छन्, कस्तो व्यवहार गरिरहेका छन् भनेर तपाईंले उनीहरुको सुधारका बारेमा अनुमान गर्न सक्नुहुनेछ। तपाईंले स्वाभाविक ढंगले यो गर्नु हुनेछ। बिरामीहरु यस बारेमा चासो राख्दैनन्।
तपाईं के गर्न सक्नुहुन्छ? तपाईंले अहिलेसम्म कति पटक औषधि दोहोर्याउनु भयो त्यो बुझ्नु जरुरी छ र तपाईंको चिकित्सकले फोनमा औषधिको मात्रा नबढाउनुको कारण बुझ्नु जरुरी छ।
९. मलाई भेट्न आउनुअगाडि कृपया हात धुनुहोस्
डा फ्रमबर्ग भन्छन्, “कहिलेकाहीँ बिरामी सिधै कामबाट मकहाँ आउँछन् भन्ने कुरा म बुझ्छु।” तर केही मानिसहरु जानीजानी फोहोरी बन्छन्। मेरोमा केही आत्मसंयम नभएका बिरामीहरु पनि आउँछन् र उनीहरु आउँदा सधैँ पिसाबको ह्वास्स गन्ध आउँछ। साँच्चै भन्नुपर्दा मलाई त्यो गन्धले असह्य बनाउने हुँदा तिनीहरुलाई आवश्यक पर्दा म समय दिन सक्दिनँ।
तपाई के गर्न सक्नुहुन्छ? विशेषगरी तपार्इं अस्वस्थ रहनुभएको बेलामा आफूलाई राम्रो र तन्दुरुस्त हुने शक्ति नहुन सक्छ। तर सामान्य सरसफाइ आवश्यक पर्छ।
१०. तपाईंले इन्टरनेटबाट डाउनलोड गर्नुभएका दर्जनौं लेख म पढ्छु भन्नेमा आशावादी नहुनुस्।
विकिपेडिया तपाईंको डाक्टर होइन। इन्टरनेटमा चाहिनेभन्दा नचाहिने सूचना बढी पाइन्छ भन्दै डा ड्यानफोर्थ चेतावनी दिन्छन्। एक जना पाइलट जसले १५०० पेज लामो लेख इन्टरनेटबाट डाउनलोट गर्नुभएको थियो र हामीलाई उहाँले उक्त खबरले बारम्बार प्रहार गरिरहनुभयो र मानौं हामीले उहाँको जहाज उड्नलाई रोकेजस्तै गरेर बारम्बार उक्त सूचनालाई लिएर तर्क गरिरहनु भयो। तीमध्ये कुनै एक पृष्ठ पनि वैज्ञानिक ठोस अध्ययनमा आधारित थिएन।
तपाई के गर्न सक्नुहुन्छ? तपार्इंको चिकित्सकलाई कुनै भरपर्दो र विश्वासिलो वेबसाइट सुझाव गर्नका लागि भन्नुहोस्। डा ड्यानफोर्ड भन्नुहुन्छ, “यदि तपाईं मधुमेहको बारेमा जान्न चाहनुहुन्छ भने, क्यानेडियन डायबेटिज एसोसियसनको वेबसाइटमा हेर्न सक्नुहुनेछ। क्यानडाको हर्ट एन्ड स्ट्रोक फाउन्डेसनको वेबसाइटले मुटुरोगसम्बन्धी सम्पूर्ण जानकारी तपार्इंलाई दिनेछ। यी र यस्ता वेबसाइटहरु धेरै उपयोगी हुन्छन्।”
(स्रोतः रिडर डाइजेस्ट)