नेपाली औषधि उत्पदकहरुको छाता संस्था नेपाल औषधि उत्पादक संघको बुधबार २५ औं वार्षिक साधारणसभा हुँदैछ। साधारणसभाले संघको नयाँ कार्यसमिति पनि चयन गर्ने छ। संघको अध्यक्ष पदमा अहिलेसम्म दुई जनाको नाम चर्चामा आइरहेको छ। तीमध्ये एक हुन नारायणबहादुर क्षेत्री। क्षेत्री अहिले संघको बरिष्ठ उपाध्यक्ष हुन्।
अध्यक्षका प्रत्यासी क्षेत्रीले स्वास्थ्यखबरको विशेष कार्यक्रम स्वास्थ्य संवादमा सरकारले नेपाली औषधिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन्। उनले धेरै औषधिमा नेपाल आत्मनिर्भर भइसकेको भन्दै विदेशबाट आइत हुने त्यस्ता औषधिको आयात रोक्नुपर्ने बताए।
संघको अध्यक्षमा उम्मेदवारी दिएका उनले आफू अध्यक्ष भएमा आत्मनिर्भर औषधिको आयात रोक्ने विषयमा सरकारसँग लबिइङ गर्ने बताए। संघको अध्यक्षमा उनको उम्मेदवारी, उनका एजेन्डा लगायतका विषयमा केन्द्रित रहेर गरिएको कुराकानी हेरौँ भिडियोमा :