रेडियोफ्रेक्वेन्सी एब्लेसनएक पृथक तर सुरक्षित एवं प्रभावकारी गैरशल्यचिकित्सा प्रविधि हो। सुईको माध्यमबाट गरिने मिनिमल इन्भेजिभभित्र यो उपचार पद्धति पर्छ। यस रेडियोफ्रिक्वेन्सी एब्लेसनको माध्यमबाट दुखाइको फैलावट घटाउन वा रोक्न तोकिएको तपाक्रम प्रयोग हुन्छ। त्यसैले रेडियोफ्रिक्वेन्सी एब्लेसन पुरानो दुखाइ निदानको लागि एक विकल्प हुन सक्छ।
यसले लामो दुखाइ भएका मानिसलाई स्थायी रुपमा नै राहत प्रदान गर्छ। विशेष गरेर घुँडाको, ढाडको दुखाइ, गर्धन तथा जोर्नीहरूको दुखाइ कम गर्न यस प्रकारको उपचार प्रभावकारी मानिन्छ।
रेडियोफ्रिक्वेन्सी एब्लेसन भनेको आरएफ दायरामा (आरएफ रेन्ज) ५ सय किलो हर्ज बराबरको उच्च आवृत्तिको विद्युतीय प्रवाहलाई आरएफ इलेक्ट्रोड मार्फत बिरामीको तन्तुमा पठाइन्छ। यसबाट त्यस्ता दुखाइयुक्त तन्तुका कोषहरु विनाश हुने भएकोले दुखाइ कम भएर जान्छ। रेडियोफ्रिक्वेन्सी एब्लेसनको मूल सिद्धान्त यही हो।
कसरी गरिन्छ यो प्रविधिको प्रयोग?
रेडियोफ्रिक्विेन्सी एब्लेसन फ्लुरोस्कोपी प्रविधिको (एक प्रकारको एक्स–रे) मार्गनिर्देशन प्रयोग गरेर गर्ने गरिन्छ। प्रक्रिया सामान्यतया एकै दिनमा सम्पन्न हुने र बाहिर¨ विभागमा उपचार गराउन आएका बिरामीको समेत गर्न सकिने भएकोले यसलाई डे केयर प्रक्रियाको रूपमा मानिन्छ। तर एक जना सहयोगीको आवश्यकता भने पर्छ । बिमारीलाई दुखाइ केन्द्रबाट घर जानको लागि केही असहज हुने भएकोले कुनै एक सहयोगी भने अवश्य व्यवस्था गरिनुपर्छ। करीब १ घन्टासम्म आरएफएको असर रही रहन सक्छ।
बिरामीलाई टेबलमा राखेपछि दुखाइ भएको स्थानलाई लठ्याउनु पर्छ। आवश्यक समयमा सामान्य रुपमा निद्रा लगाउने औषधिको प्रयोग गर्नुपर्छ भने यस प्रविधिमा पूरा बेहोस बनाउनु भने पर्दैन। एक खोक्रो सुई र प्mलुरोस्कोपी एक्स–रेको मार्गनिर्देशबाट नशा भएको स्थानलाई पक्का गरी सोही स्थानमा एक प्रकारको खोक्रो सुई मार्फत उपयुक्त फ्रिक्वेन्सीको विद्युत पठाई सो स्थानका तन्तुहरुलाई नष्ट पारिन्छ।
यसरी करिब ९० सेकेन्डमा हरेक दुखाइका नशाका स्थानहरुलाई नष्ट पार्नु पर्ने हुन्छ। बिरामीहरू यस प्रकारको प्रक्रियापछि तुरुन्तै हिंड्न सक्छन् र नियमित आहार र अन्य औषधि जारी राख्न सक्छन्। ३० मिनेटसम्म दुखाइ केन्द्रमा निगरानी गरिसकेपछि बिरामीले दुखाइ केन्द्र छोड्न सक्छन्। भोलि वा पर्सिपल्ट बिरामी आप्mनो काममा पनि फर्कन सक्छन्। करिब १० दिनभित्र नै दुखाइ कम भएको अनुभव हुन थाल्छ तर कसैकसैमा तीन हप्तासम्म पनि लाग्न सक्छ। यस प्रक्रियाहरूपछि बिरामीले उपचार गर्ने चिकित्सकको साथ पुनः अनुगमनका लागि अर्को अपोइन्टमेन्ट निर्धारित गर्नुपर्छ।
कुन ठाउँको दुखाइको लागि गरिन्छ रेडियोफ्रिक्वेन्सी एब्लेसन?
रेडियोफ्रिक्वेन्सको प्रयोग गर्दा दुखाइ बोक्ने नशाका क्षेत्रानुसार गर्ने गरिएको छः
– फेसाइटोजेनिक आरएफए गर्धन र ढाडको दुखाइको लागि
– डिस्कोजेनिक आरएफए गर्धन र ढाडको दुखाइको लागि
– घुँडाको दीर्घ ओस्टियोआर्थराइटिसमा
– घुँडाको दुखाइकोलागि
– सुप्रास्कापुलर नर्भ आरएफए कुमको दुखाइमा प्रभावकारी मानिन्छ
– स्फेनोप्यालेटाइन नर्भ आरएफए एक प्रकारको कसिलो टाउको दुखाइ, माइग्रेन तथा अप्राकृतिक अनुहारको दुखाइका लागि उपयुक्त मानिन्छन्
– ग्लोसोफरेन्जियलनर्भ आरएफए बंगारा र जिब्रो वरिपरि दुखाइको लागि प्रयोग गर्ने गरिन्छ
– स्टिेलेट ग्यांग्लियन आरएफए काटिएका हात अनुभूति भएका दुखाइ (प्mयान्टोम लिम्ब पेन) ९तथा शरीरको माथिल्लो भागको जनै खटिरामा हुने दुखाइमा प्रभावकारी मानिन्छ
– लम्बर सिम्पेथेटिक चेन आरएफएले खुट्टा तथा पैतालाको दुखाइमा उपयोगी हुन्छ
– यस्तै प्रकारले अन्य धेरै नशाहरुको आरएफएमार्फत विभन्नि ठाउको दुखाइ निर्मूल पार्न सकिन्छ।
रेडियोफ्रिक्वेन्सी एब्लेसनका फाइदा
रेडियोफ्रिक्वेन्सी एब्लेसन (आरएफए) एक गैरशल्यचिकित्सा प्रविधिभएकोले यसमा शल्यक्रिया गर्ने झन्झट रहँदैन। शल्यक्रिया आफैंमा जोखिम पनि हुनसक्ने भएकोले सम्भावित जोखिम समेत न्यून हुनु स्वभाविक नै भयो। यस प्रक्रियाबाट तुरुन्त सम्बन्धित नशाका तन्तुहरु नष्ट भएर जाने भएकोले तत्कालै दुखाइ कम हुने गर्छ।
बिरामीको रिकभरी समय समेत निकै कम हुनु यस प्रविधिको विशेषता हो। यस प्रविधिबाट उपचार गराउने बिरामीहरुले चाँडै नै आप्mनो काममा फर्कन सक्छन् किनकी सम्बन्धित दुखाइ क्षेत्रका अंगहरु चाँडै नै आप्mनो काम गर्न सक्षम हुन्छन्।
के छ त जोखिम?
आरएफएको मुख्य जोखिम (साइड इफेक्ट) भनेको बिरामीलाई केही असुविधा हुनु हो। उपचार गरिएको स्थानमा सुजन आउनु वा सुन्निन सक्छ भने रातो डाबर पनि आउन सक्छ तर यो सामान्यतया केही दिनपछि हराएर जाने गर्छ।
घुँडा दुखाइको कुन अवस्थामा रेडियोफ्रिक्वेन्सी एब्लेसन प्रयोग गर्ने?
समान्यतः मानिसहरु घुँडाको दुखाइबाट धेरै नै पीडित हुने गर्छन्। तसर्थ जेनिक्युलर नर्भको आरएफए एक उत्तम विकल्प हुन सक्छ। तर घुँडा दुखाइको कुन अवस्थामा रेडियोफ्रिक्वेन्सी एब्लेसन प्रयोग गर्ने त? भन्ने प्रश्न सबैको मनमा हुनु स्वभाविक हो।
– घुँडाको पुराना दुखाइ जसमा औष्धि–उपचार समेतले काम गर्न छोड्छ
– घुँडा प्रतिस्थापन शल्यक्रिया नचाहेको खन्डमा
– घुँडाको प्रतिस्थापन शल्यक्रिया असफल भएमा
– घुँडा प्रतिस्थापन सर्जरीको लागि अयोग्य बिरामीको हकमा समेत यस प्रविधिको प्रयोग गर्ने गरिन्छ।
अन्तमा रेडियोफ्रिक्वेन्सी एब्लेसन एक पृथक तर सुरक्षित एवं प्रभावकारी गैरशल्यचिकित्सा प्रविधि भएकोले अबका दिनमा यस प्रकारको प्रविधिमार्फत दुखाइ निदान गराउनु नै उत्तम विकल्प हुन सक्छ।