मुख्य समाचार

कोरोना नियन्त्रणका लागि सरकारको तयारी के छ? स्वास्थ्यमन्त्री ढकालले संसदमा यसरी दिए जानकारी [भिडियो]

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विगतमा भन्दा अझै धेरै सावधानी अपनाउनु पर्ने अवस्था आएको बताएका छन्। 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले कोरोनाको संक्रमण रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योजनाबद्ध रुपमा कामहरु अगाडि बढाएको जाकनारी दिए। 

उनले भाइरस जुनसुकै बेलामा पनि नेपाल भित्रिने जोखिम रहेकाले उच्च सर्तकता अपनाइएको पनि जानकारी दिए। 

‘कोरोनाको सङ्क्रमण दर फराकिलो बन्दै गएको छ, हिजोको जस्तो सावधानीले मात्र नपुग्ने अवस्थामा छ, हिजो चीनमा मात्रै थियो, अहिले युरोप, अमेरिका, दक्षिण कोरिया, जापान, इरान, अरबलगायत थुप्रै मुलुकमा रोग देखापरिसकेकाले अझै चनाखो हुनुपर्ने अवस्था छ’ संसदमा उनले भने, ‘खुला सिमाना, आपसी सम्बन्ध, खानपिन तथा आऊजाऊ भारतसँग बढी हुने भएकाले पनि मुलुकमा अझै जोखिम बढेको छ।’

मन्त्री ढकालले जोखिम बढ्दो रहेकाले अहिले भन्सार नाकाबाहेक ३७ ठाउँमा हेल्पडेस्क खडा गरेर परीक्षणको तयारी गरिएको जानकारी दिए।

यस्तो छ संसदमा मन्त्री ढकालले व्यक्त गरेको धारणा

अहिले प्राप्त भएको सूचना अनुसार विभिन्न देशमा ९८ हजार ४ सय सात जना मानिस कोरोनाबाट संक्रमित छन्। ३३ सय ८७ जनाको मुत्यु भएको छ। ५५ हजार ५ सय  ९४ जना मानिस उपचार पछि घर गएका छन्। ८९ देशमा कोरोना फैलिएको छ।  यसले हाम्रो छिमेकी राष्ट्र भुटानलाई पनि छोएको छ। संक्रमित हुनेको दायरा छिटो छिटो बढ्दै छ।

नेपालमा 

सरकारको तर्फबाट प्रधानमन्त्रीले बैठक आयोजना गरेर ४ पटक बैठक बसेको छ। त्यसबाट प्ररारम्भिक कामहरु हामीले अगाडी बढायौँ। 

प्रधानमन्त्री १९ गतेदेखि अस्पतालमा भर्ना हुने र २१ गतेदेखि  मिर्गौला प्रत्यारोपण गर्ने कार्यमा जाने निधो भएपछि १८ गतेको मन्त्रिपरिषद् बैठबाट उपप्रधानमन्त्रीको नेतृत्वमा गृह शिक्षा, स्वास्थ्य, परराष्ट्र, पर्यटन, उधोग, अर्थ लगायतका मन्त्रालय समेटेर उच्च स्तरिय समिति बनेको छ। जसको बारेमा सकारात्मक खालको प्रतिक्रिया सबै साथीहरुले दिनु भएको छ। यसलाई अब व्यवस्थित, प्रभावकारी कार्यक्रमिक योजना सहित कसरी जाने भन्ने सन्दर्भमा सुझावहरु आएका छन्। 

त्यसको सचिवको रुपमा नेपालको मुख्य सचिव रहने व्यवस्था गरिएको छ। मन्त्रालयको हिसाबले स्वास्थ्य मन्त्रीको नेतृत्वमा कोअर्डिनेसन गर्नको निमित्त समिती जस्तै बनाईएको छ। 

मुख्य सचिवको नेतृत्वमा कार्यकारी समिति जस्तो सचिवालय जस्तो पनि बनाइएको छ। मन्त्रालयको तर्फबाट टेक्नीकलपार्टको नेतृत्व सचिवले गर्नु हुन्छ। कोरोनासँग सम्बन्धित अरु सँग समन्यन गर्ने काम डा दीपेन्द्ररमण सिहंले अगुवा गर्ने हुनु भएको छ।

अहिले पछिल्लो समय तलसम्म सतर्कता अपनाउनु पर्छ। मुख्यमन्त्री तथा उहाँहरुले तोकेको मन्त्रीलाई प्रदेश स्तरमा यसको संरचना निर्माण गरेको छ।  नाकाहरुमा र प्रभावित क्षेत्रलाई समायोजन गरि तीनै तहका सरकारको प्रतिनिधि हुने गरि स्थानीय तहमा निर्वाचित अध्यक्षको नेतृत्वमा सबैलाई गोलबद्ध गर्ने गरि सबै माध्यमलाई फराकिलो गर्ने गरि काम अगाडी बढाएका छौँ। 

कति गतिका साथ गएको छ।  कति गतिका साथ लैजानु पर्छ भन्नेमा छलफल गरेर अगाडि जान सक्छौँ। यो साबधानी पनि अपनायका छौँ। हिजोको सामबाधानीबाट मात्र नपुग्ने स्थितिमा पुगेका छौं। हिजो चीनमा मात्र संक्रमण फैलिएको थियो। अहिले अन्य देशमा पनि फैलिसकेको छ। संक्रमणको जोखिम उच्च भएको छ। 

भारतमा पनि हिजोसम्म २९ जनामा देखिएको छ। अब अझ ज्यादा सतर्कतामा बस्नुपर्छ। 

भन्सार नाका भन्दा बाहेक ३७ वटा नाकामा चेक जाँच गर्ने खालको व्यवस्थालाई मजबुद बनाएर अगाडि बढ्नु पर्छ भनेर त्यो काममा लागेका छौँ।

विभिन्न खालका औषधि र औषधिसँग सम्बन्धित कच्चा पर्दाथको बारेमा भारतिय सरकारले बाहिर दिएको प्रतिक्रिया पछि हामीकहाँ उत्पन्न भएको प्रतिकृयालाई मध्यनजर गर्दै  कुटनितीक ढगंले भारत सरकारसँग कुरा भएको छ। सरकारको तर्फाबाट  कुरा भएपछि नेपालको संवेदनशिलतालाई महसुस गरेर भारतले नेपाललाई विशेष प्रथमिकतामा राख्दै  हामीले मागेको कुरा नरोक्ने वचनवद्धता पाएका छौँ। 

अहिले कृत्रिम अभाव हुने गरेका छन्, मुल्यवृद्धि भएको छ। पेट्रोलियम पदार्थ जर्किनका जर्किन घरमा राख्ने गरेका छन्। सरकारले आस्वस्थ बनाउँदा पनि ती कुरा कम सुन्ने खालको बानी छ। माक्स र औषधिको विषमा पनि त्यस्तै भएको हो।

अनुगमन गर्ने, काला बजारीलाई नियन्त्रण गर्ने र राज्यको तर्फाबाट पर्याप्त मात्रामा यी सामान दिलाउन सक्छ भन्ने विश्वास दिलाउनु पर्छ। 

ठुला ठुला भोज भतेर सेमिनार नगरौँ। यसले प्रभावलाई फैलाउन सहयोग पुग्छ भन्ने हिसाबले छलफल गरेर सरमाथा संवादलाई पनि स्थगीत गर्ने निर्णय गरेका छौँ। अरु यस्ता अन्तराष्ट्रिय सम्मेलनहरु, सेमिनारहरु त्यसमा अत्यावश्यकबाहेक अरु कुरामा कम जाने  भन्ने निर्णय छ। यस निर्णयलाई कार्यान्वयन गरिनेछ।

भाइरसलाई प्रवेश गर्न नदिन तीन चरणमा काम भइरहेको छ। पहिलो भाइरसलाई पैवेश गर्न नदिन केके गर्न सकिन्छ? त्यो काममा जुट्ने हो। मध्यमखालको स्थितिमा आइहाल्यो भने कसरी उपचार गर्ने? अति जोखिममा पुगियो भने त्यसलाई  के गर्नु पर्छ? भन्ने बारेमा पनि काम भइरहेको छ। सरकारलाई पनि लागेको थियो आजको छलफलले सहज हुने छ। सबै कुराको छलफलबाट सबैसाँग हातेमालो गरेर अगाडि बढ्न सरकार तयारी अवस्थामा रहेको छ।  

अहिलेसम्म १५५ वटा आइसोलेटेड बेड विभिन्न अस्पतालमा तयार गरेका छौँ। 

अहिले सातवटा अस्पताललाई हब अस्पतालका रुपमा विकास गरेका छौँ। त्यसको माध्यबाट अरु अस्पतालमा पनि आवश्यक सावधानी अपनाउने कुरा अपनाएका छौँ।  

इरानको जस्तो थाहनै नभई भित्रिएर संक्रमण निम्त्यायो भने स्वास्थ्य क्षेत्रको इमरजेन्सी घोषण गरेर काम अगाडि बढ्छ। त्यो बेलामा सबै स्वास्थ्य केन्द्रमात्र होईन अरु पायकमा रहेका होटलहरु अथवा अन्य सार्वजनिक स्थलहरुलाई पनि त्यो ढंगले विकास गर्नु पर्ने  स्थिति आउनसक्छ। 

विश्व स्वास्थ्य संगठनले पनि नेलालाई उच्च जोखिममा राखेको छ।  यस्तो बेलामा सहयोग गर्नु पर्छ भनेर संगठन र विभिन्न संस्थाहरुले सहयोग गर्ने कुरा पा्रप्त गरेका छौँ।  

भाइरस जति बेला जहाँबाट पनि आउन सक्छ।  

भाइरसका विषयमा जानकारी दिन सूचना प्रणाली व्यवस्थित गरिएको छ। स्वास्थ्य मन्त्रालयले हरेक दिन विज्ञप्ति निकाल्दै सूचना दिने काम गरेको छ। 

खरिपाटीमा १७५ जना, र चालकदलसहित अन्य सदस्यहरुलाई क्वारेन्टाइनमा राख्यौँ। त्यो अभियानमा साथ दिने सबैलाई धन्यवाद। 

भारतबाट घर फर्कने सुदुरपश्चिममा बढी चापमा छ भन्ने कुरा उठेको को छ। त्यसलाई पनि ध्यान दिएका छौँ। होलीको समय आएको छ। होलीलाई कसरी व्यवस्थित, मर्यादित  र सिमित संख्या भित्र खुसियाली मनाउन सकिन्छ भन्ने कुरामा पनि विभिन्न निर्णय भएको छ।

माछामासु खानु पर्‍यो भने नपकाई नखानु।  पानी उमालेर खाने।

विदेशमा बस्ने नेपालीलाई उच्च जोखिम भनिएका देशबाट आउने प्रत्येक व्यक्तिको चेक जाँच गरेर मात्र भित्र ल्याउने व्यवस्था गर्छौँ।

स्वास्थ्य मन्त्रालयका सबै माताहातका कार्मचारी र अरुलाई प्रशिक्षण गरियो भने धेरै राम्रो हुन्छ। 

भक्तपुरको क्वारेन्टाइनलाई तयारी अवस्थामा राख्नुका साथै प्रदेश र स्थानीय तहमा पनि क्वारेन्टाइनमा राख्न उपयुक्त स्थान बनाउनुपर्छ। यसका लागि पनि हामीले काम गरिरहेका छौं।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने