डा प्रकाश बन्जाडे
नयाँ कोरोना भाइरस (कोभिड-१९) ले अहिले विश्वव्यापी माहामारीको रुप लिएको छ। कोभिड-१९ जनावर र मानिसबीच प्रसार हुने आरएनए समूहमा पर्ने भाइरस हो। मानव जातिको वर्गीकरण र सिमानाको प्राकृतिक प्रणाली पालना गर्दै ल्याटिन भाषामा क्राउन (राजमुकुट) लाई कोरोना भनिन्छ।
यो भाइरसले जीवनको धेरै वर्गीकरण पालना गर्दैन। अहिले शक्ति विकेन्द्रीकरणको युगमा यो भाइरस राजमुकुटको प्रतीक बनेको छ। कोरोना प्रकोप सुरु हुनुअघि विश्वका विभिन्न देशको सिमानामा पर्खाल लगाउने प्रकृति बढेको थियो।
अमेरिका र मेक्सिको, इजरायल र प्यालेस्टाइन, हंगेरी र सर्बिया तथा क्रोसियाका सिमानामा पर्खाल निर्माण गर्दै थिए। राजनितिक कारणले निर्माण हुने भौतिक पर्खालले राष्ट्रवादी विचारको पर्खाल यस भाइसरले सांकेतिक रुपमा अन्तरदेशीय ग्लोबलाइजेसन कति छ भन्ने स्पष्ट भइसकेको छ। त्यस्ता राष्ट्रप्रमुखको निर्णय क्षमतालाई चुनौती दिएको छ। अबको युगमा कुनै पनि देश एक्लै अलग्गै शक्तिशाली एक अर्कामा अन्तरसम्बन्ध बिना बाँच्न सक्दैन भन्ने स्पष्ट भएको छ।
अहिले विश्वलाई कोरोना भाइरसले प्रभावित गरिरहेको छ। भाइरसले विश्वव्यापी माहामारीको रुप लिएसँगै हाम्रो समयको राजनीतिक प्रश्न टड्कारो रुपमा उठिरहेको छ। संसारभर राज्य संयन्त्र र विशेषगरी राजनीतिक नेतृत्व अहिलेको संकट समाधानमा असफल भएका छन्।
ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो र मेक्सिकोका एन्ड्रेज एमएल ओबोडोर उनीहरुले गरेका कामबाट अति नै आलोचित छन्। अझ नेपालमा त कतै पनि नभएको भ्रष्टाचार र अनिमियताको समाचार नै सार्वजनिक भएका छन्।
संसारका राष्ट्रप्रमुख तथा अन्तरदेशीया संस्था युरोपियन युनियन (इयु), दक्षिण एसियाली सहयोग संगठन (सार्क) तिनको नियत एक आपसमा सहयोग भन्दा राजनीतिक दाउपेच देखिएको छ। विश्व स्वास्थ्य संगठन आलोचित छ। उसको काम गराइप्रति अनेक प्रश्न उठेका छन्।
चीन वुहानमा कोरोना माहामारी सुरु हुँदा विश्व स्वास्थ्य संगठन डेढ महिनासम्म मौन बस्यो। सार्क राष्ट्रको शक्तिशाली मुलुक भारत लगायत अन्य साना देशलाई अत्यावश्यक समानमै समस्या परिरहेको छ।
इटाली र स्पेनले भोगिरहेका समस्याबारे युरोपका धनी देशहरु मौन छन्। जर्मनी युरोपको धनी देश हो। इटाली संसारकै दोस्रो स्वास्थ्य सेवा प्रणाली चुस्त भएको देश हो। स्पेनमा सबै स्वास्थ्य संस्थाहरुमा सरकारीकरण गर्ने विधेयक संसदबाट पास भइसकेको छ।
यस विषयमा युरोपियन कमिसनकी प्रमुख भान डोन लेनले भनिसकेकी छन्, आफ्नो देशको समस्या समाधान आफैंले गर्नुपर्ने छ। इटाली, स्पेनका सामाजिक सञ्जालमा इयुको झन्डा जलाइएका भिडियो प्रशस्त मात्रामा भेट्न सकिन्छ।
अमेरिकामा डोनाल्ड ट्रम्पले एउटा अदृश्य दुस्मनको खिलाफ युद्धको आह्वान गर्दै राष्ट्रिय संकटको घोषणा गरे। स्वयं आफैंलाई (बार, टाइम) युद्धको समयका राष्ट्रपतिको रुपमा आफूलाई उभ्याउन खोजे, जुन आउँदै गरेको चुनाव लक्षित छ।
ट्रम्प प्रशासनले यो माहामारीलाई केवल आर्थिक चुनौतीको रुपमा केलाउने प्रयास गरेको छ। मान्छेको जीवनको मूल्य भन्दा नाफालाई महत्व दिएको छ। अमेरिकामा नवउदारवादी अवधारणका कारण आममानिसको आवश्यकतालाई नभई धनी र व्यापारीलाई प्राथमिकतामा राख्छ। त्यसैले वर्तमान स्वास्थ्य संकटसँग लड्न पूरा तयारी नगरेको अवस्था देखिन्छ।
प्रतिवर्ष ४५ हजार अमेरिकन नवउदारवादी प्राथमिकतामा पर्छन्। त्यसैले वर्तमान संकटसँग लड्न पूरा तयारी नगरेको अवस्था देखिन्छ। प्रति वर्ष ४५ हजार अमेरिकन स्वास्थ्य सेवा नपाएर मर्छन्। ३ करोडको कुनै स्वास्थ्य बिमा हुँदैन। १३.७ करोड उपचारको क्रममा छन्। ४ मध्ये १ बिरामीले बिदा पाउँदैनन्।
यस्तै कारणले कोरोनाको कारण १६ लाख अमेरिकन मर्नसक्ने अनुमान गरिएको छ भने २१.४ करोड संक्रमित हुनसक्ने नेसनल इच्चुअफ हेल्थको रिपोर्टले भनेको छ।
उता अमेरिकाले इरानमा औषधि, उपकरण र चिकित्सकीय सामाग्री समेत प्रतिबन्ध गरेको छ। सुरुवाती समयमा अमेरिका आफैंले नेतृत्व लिएर महामारी नियन्त्रण गर्नुपर्नेमा चीनलाई असक्षम घोषण गरेर बस्यो अहिले आफैंले भोगेको छ।
यसैगरी विभिन्न सञ्चारमाध्यमका अनुसार आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न अन्य देशमा पनि जस्तै बेलायतका प्रधानमन्त्री बोरिस जन्सनले दमनकारी कोरोना भाइरस बिल ल्याएको आरोप छ। बेलायतमा कसैप्रति कोरोनाको शंका लागेकै आधारमा प्रहरीले प्रक्राउ गर्न सक्नेछ।
यसले चिनियाँ तथा मुस्लिम मारमा परेका छन्। त्यसैगरी इजिप्टले गर्जियनका एक जना पत्रकारको भिसा रद्ध गरिदियो। ती व्यक्तिले कोरोना भाइरसको सरकारी तथ्यांकमाथि प्रश्न गरेका थिए।
त्यसैगरी इजरायलमा सयौं संख्यामा मानिसले बेन्जामिन नेतन्याहुको लोकतन्त्र विरोधी रवैयाको विरोधमा प्रदर्शन गरेका छन् ।
यसै बीचमा १६ मार्चमा संयुक्त राष्ट्र संघको आह्वानमा विशेषज्ञहरुको टोलीले विज्ञप्ति जारी गरी यस्तो परिस्थितिमा सरकारले कोरोना संकटकालीन विकल्पको प्रयोग गर्दै आफ्नो राजनीतिक उद्देश्य पूरा गर्नु राम्रो नभएको भन्दै कोरोना भाइरससँग लड्न बनाएका कानुन बिना कुनै भेदभाव लागू गर्न राष्ट्र मुखहरुलाई दबाब दिएको छ।
यस बीचमा चीन, दक्षिण कोरिया, सिंगापुरले कोरोनाबाट मुक्ति पाउन निकै ठूलो मिहिनेत गरेका छन् र सफल पनि भएका छन्। तर विश्वका प्रभावशाली नेता डोनाल्ड ट्रम्प, सि चिनफिङ, एन्जेला मर्केल, बोरिस जोन्सन, नरेन्द्र मोदीले एक भएर लड्ने प्रतिवद्धता पनि जनाउन सकेका छैनन्। अहिलेको जस्तै मतभेद रहिरहे हालको संकट लम्बिने मात्र होइन, भविष्यमा अझ विकाराल अवस्था आउने छ।
विश्वका सरकार प्रमुखहरु कोरोना महामारी देखाएर आफ्नो असफलता लुकाएर राजनीतिक अभिष्ट पूरा गर्न लागेका छन्।
अहिले सिमानामा रोकथाम, यात्रा अवरोध, क्वारेन्टाइन जस्ता कदम उठाइएका छन्। यी राजनीतिक कदमलाई भाइरस बिनाको चिकित्सकीय कदम भनिएको छ। आम मानिसले माहामारी विरुद्ध देखाएको ऐक्यवद्धताबाट के बुझिन्छ भने संसारका हरेक देशका जनता आफ्नो आर्थिक, सामाजिक, संरचनाको पद्धति बदल्न तयार छन् तर नेताहरु छैनन्।
हामीले भाइरसको चक्रलाई ब्रेक गर्नैपर्छ। महामारी फैलिन नदिन भाइरसलाई मानिसको सम्पर्कमा आउन नदिनु नै हो। निश्चित अवधिभित्र मानिससँग सम्पर्कमा आउन दिएनौं भने यो आफैं अन्त्य हुनेछ।
नेपालले पनि विश्व माहामारीबाट पाठ सिक्दै आवश्यक नीति तर्जुमा गर्दै वर्तमान स्वास्थ्य संकटको समाधान गर्नु जरुरी छ।