डा सरोजमणि पोख्रेल
आयुर्वेदशास्त्र यस्तो शास्त्र हो, जसले जीवन जिउन मात्र होइन, सुखपूर्वक मृत्युवरण गर्न समेत सिकाउँछ। निश्चित रोगका लागि निश्चित औषधि मात्र नभई, जीवनयापन एवं चिकित्साकर्मका वरिपरि रहने यावत् पक्षलाई सापेक्ष ढङ्गले समेटेर आयुर्वेदका विविध ग्रन्थहरु रचना गरिएका पाइन्छन्।
नेपाल सरकारले केही दिनअघि कोरोना संक्रमणमा चिकित्सा गर्न अटेर गर्ने चिकित्सकको अनुमतिपत्र खारेज लगायतका विभिन्न कुरा उठाई धम्कीपूर्ण शैलीमा एक संवेदनशील पेसामाथि आक्रमण गर्न खोज्यो। हुन त सरकारको यो शैली कुनै नौलो भने होइन, हरेक पेसाका पेसाकर्मीमाथि धावा बोल्नु यो सरकारको आदत नै बनिसकेको छ।
आयुर्वेद शास्त्रमा यस विषयमा प्रष्ट रुपमा उल्लेख गरिएको पाइन्छ। महर्षि वाग्भटद्वारा लेखिएको ुअष्टाङ्ग संग्रह’ ग्रन्थमा ुअचिकित्स्य रोगी’ भनेर निम्न अवस्थामा रोगीको चिकित्सा गर्न नहुने व्यावहारिक पक्ष बताइएको छ।
राजारराज्य, सज्जन मानिस, वैद्यरचिकित्सकसँग द्वेष राख्ने, सत्रु, अभिमानी, शोकातुर, भिरु, कृतघ्न, वैद्यरचिकित्सकलाई नमान्ने, हिनोपकरण (आवश्यक उपकरण हरुको अभावमा) आदि अवस्थामा रोगी अचिकित्स्य हुन्छ।
अर्को पक्षबाट हेर्दा यस भनाइले मानिसहरुलाई सत्रुता, अभिमान, कृतघ्न, आदिजस्ता असामाजिक प्रवृत्तिबाट पनि मुक्त हुन पनि सन्देश दिइएको बुझ्न सकिन्छ।
चिकित्साकर्मीलाई आवश्यक सामग्रीको अभावमा जबरजस्ती ढङ्गबाट एकतर्फी पेलेर काम लगाउन सकिन्छ भन्ने सरकारको यस मानसिकताप्रति एक चिकित्साकर्मी हुनुको नाताले राज्यव्यवस्थाप्रति सन्तुष्ट हुन पक्कै पनि सकिँदैन। उपकरण र पिपिईको उपलब्धतामा कोही पनि चिकित्साकर्मी आफ्नो धर्मबाट निःसन्देह टाढा हुने छैनन्।