डा अजय यादव
डिसेम्बरको अन्त्यतिर चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड-१९) अहिले विश्वभरि फैलिसकेको अवस्था छ। विश्व स्वास्थ्य संगठनले समेत यसलाई माहामारीको रुपमा घोषित गरिसकेको छ।
चीनले जैविक हतियार बनाएको दोष खेपिरहँदा एउटा भाइरसले विश्वव्यापी लकडाउन गराएको छ। धेरैले यसलाई तृतीय विश्वयुद्धको संज्ञा समेत दिएका छन्। यस्तो होला भनेर कसैले कल्पना समेत गरेका थिएनन्। हामी इतिहासको एउटा कालो अध्यायको साक्षी छौं।
नेपालमा अहिलेसम्म कोभिड-१९ कÞा १२ वटा केस पोजÞिटिव देखिए। माहामारीको कालो बादलले आकाश ढाकिरहँदा पनि सरकार २र३ महिनासम्म टुलुटुलु हेरेर बसे। बुझ्नेले अँ भन्दा ‘अलंकार’ बुझ्नुपर्छ। तर अज्ञानताको कालोपट्टि बाँधेका धृत्रराष्टहरूले बुझे, अनैतिकता, आनियमितता, अवसरवाद र आडम्बरपन।
नेता संकटले जन्माऊँ भनिन्छ र नेतृत्व क्षमताको जाँच पनि संकटकै बेला हुन्छ। तर नेतृत्व संकटको गहिरो खाड़ल देखियो। नेतृत्व पक्षले यस बीचमा न त देशलाई सुरक्षाको अनुभूति दिन सके न त आफ्नो साख नै जोगाउन सके। शिशुरूपी कोरोभा भाइरस फल्दैफुल्दै गयो र संक्रमणको पहिलो चरणबाट डोस्रो चरणमा सजिलै पार गर्यो।
नेतृत्व पंक्ति कमिसन र कमाउन मात्र लालयित देखियो। कोभिड-१९ को प्रक्रोप देखिएको ४र४ महिना हुँदासमेत सरकारसँग प्रष्ट योजना र दूरदर्शीता देखिएन। उपकरण खरिद टेन्डर प्रक्रिया रद्द गरी रातारात नयाँ कम्पनी (ओम्नी ग्रुप) लाई ठेक्का दिनुमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उपप्रधानमन्त्री ईश्वर पोखरेलको अनियमितता र अवसरवाद प्रस्ट देख्न सकिन्छ। त्यसलाई समेत उल्ट्याएर प्रधानमन्त्रीले सैनिकलाई जिम्मेवारी दिनु यसकै उदाहरण हो।
नेताहरूले सेल्फÞ क्वारेन्टिनको मज्जाले नै पालना गरे। जब यसबाट बाहिर निस्के, पहिला काम के गर? स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्ने, पुलिस, सैनिक र स्वास्थ्यकर्मीहरूको तलब कोरोना कोषको लागि कटौति गर्ने। माननीय मन्त्री र सांसदज्यूहरु, देसको सेवाको लागि अलिकति टेवा आफैंले पनि गरे हुँथ्यो कि?
कोरोना म्यानेजमेन्ट क्रस कमिटीमा एउटा पनि चिकित्सक नरहनु सरकारको नियत र दूरदर्शीताप्रति ठाड़ो सवाल गर्छ। संकटमा अप्रमाणित नेतृत्वले नैतिकता देखाउन सक्नुपर्छ। तर यसमा सत्तापक्ष पूरै चुके।
स्वास्थ्यकर्मीलाई उत्साहित गर्न आयरल्यान्डका प्रधानमन्त्रीले हप्ताको एक दिन अस्पतालमा काम गर्ने घोषणा गरे। मान्छेले आफैंले भोगेर जान्दछ या अरुको भोगाइ हेरेर। सतापक्षले केहीबाट सिकेको जस्तो लागेन। असल नेतृत्वले विचार र दर्शनलाई वास्तविकतामा उतार्न सक्नुपर्छ।
सरकारले केही सराहनीय काम पनि गरेको छ। देश लकडाउन, सीमानाका बन्द लगायतका काम सराहनीय छन्। तर आफ्नै नागरिकलाई अरु देशमा शरणार्थी बनाएर पनि राख्यो। यो कदापि राम्रो मान्न सकिँदैन।
चीनबाट १७५ नेपाली नागरिक क्वारेन्टिन हँुदै नेपाल फÞर्काउनुलाई हरेकले तालिका साथ स्वागत गरे। तर कोभिड-१९ को जाँचले द्रूत गति लिन सकेन। क्वारेन्टिन र आइसोलेसनलाई प्रभावकारी बनाउन सकेन। राहत सामग्री घरघर पुर्याउन सकेन। स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न खासै केही पहल भएन।
नेतृत्व पक्षले यसलाई अभिशापको रुपमा हैन अवसरको रुपमा लिनु जÞरूरी छ। सबैले महानायक बन्ने अवसर पाउँदैनन्। तपाईंले पाउनु भएको छ। इतिहासमा बिलय हुने कि उदयमान हुने? हरेक नेपालीले गरेको आशा र विश्वासको मर्म सरकारले बुझोस्, यति नै अनुरोध छ।