उमेश खत्री
चीनबाट सुरु भएको कोरोना भाइरसका कारण विश्व नै आक्रान्त बनेकोे छ। नेपालमा पनि कोरोना भाइरस देखापरेपछि अहिले सिंगो देश नै लकडाउनमा छ। अन्य देशसँगका सम्पूर्ण नाकाहरु बन्द गरिएको छ। एक सहरबाट अर्को सहरमा अनुमति बिना कसैलाई पनि हिँड्न दिइएको छैन। मानिसहरु लकडाउनको पूर्ण पालना गरिनै रहेका छन्।
पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा समाजमा एक खालको त्रास सिर्जना भएको छ। समाजमा कोरोनाको संक्रमण नहोस् र आप्mनो टोलमा कोही पनि मान्छे प्रवेश नगरुन् भन्ने अन्धविश्वासका साथ केही व्यक्तिहरुले रुखो स्वभावमा स्वास्थ्यकर्मीलाई अस्पताल आवतजावतमा अवरोध गर्ने क्रियाकलाप गरिरहेका छन् । अस्पताल र स्वास्थ्यकर्मीहरुमाथि गरिने त्यस्ता दुव्र्यवहारले अहिलेको अवस्थामा काम गर्ने वातावरणमा ह्रास आइरहेको छ।
अहिले स्थानीय तहले राम्रो काम गरिरहेको छ तर स्थानीय तहको नाम लिएर कोरोना रोक्ने सवालमा युवाहरुबाट जुन खालको व्यवहार स्वास्थ्यकर्मीमाथि भइरहेको छ, त्यो कुनै पनि हालतमा स्वीकार्य छैन। स्थानीय निकायबाट नै परिचालित मान्छे हो भने मानिसहरुलाई के–कसरी कुरा गर्ने हो त्यो सबै जानेको व्यक्ति बस्नु आवश्यक छ ।
नियामक निकायको विना अनुमती स्वास्थ्यकर्मीलाई आवतजावतमा अवरोध पु¥याउने जोकोहीलाई सरकारले कडाभन्दा कडा रुपमा कानुनी कारबाहीको दायरामा ल्याउनु आवश्यक छ। समाजमा यसरी नै १०–१५ जना जम्मा भई स्वास्थ्यकर्मीको आवतजावतमा अवरोध गर्नाले झन कोरोना संक्रमण समाजमा फैलने छ। त्यसको जिम्मा कसले लिने?
कोरोना भाइरस नियन्त्रणको बहानामा स्वास्थ्यकर्मीहरुमाथि नै अवरोध हुन नरोकिएमा समाज झन् अराजकतातर्फ धकेलिने पो हो कि भन्नेतर्फ निकायहरु सजक हुनु आवश्यक छ। संक्रमित बढ्दै गइरहेको अवस्थामा हुलहुज्जत गर्नुको साटो त्यस्ता व्यक्तिको सरकारले जारी गरेको लकडाउनलाई पूर्ण पालना गरी घरभित्र बस्नु आवश्यक छ।
मानिसहरु समाजमा स्वास्थ्यकर्मी र सरकारले जारी गरेको लकडाउनलाई पूर्ण रुपले पालना नगरी सडक र गल्लीहरुमा बसी अवरोध गर्नाले झन् समस्या सिर्जना भई त्यो टोलमा नै संक्रमित बढ्ने छन्। अहिले हामी आत्तिने समय होइन, यो कोरोना विरुद्धको लडाईंमा स्वास्थ्यकर्मीलाई कसरी सहयोग गर्ने हो। त्यतातिर सोच्ने समय हो, जबसम्म नेपालमा स्वास्थ्यकर्मीहरुलाई सहयोग गरिन्न तबसम्म केही हुनेवाला छैन।
नेपालमा भएको कोरोना संक्रमणलाई आममानिसले हल्का रुपमा लिएको कारणले गर्दा नै स्वास्थ्यकर्मीमाथि कुनै न कुनै अवरोध भएका छन्। अहिले स्वास्थ्यकर्मीहरु अत्यन्तै नाजुक अवस्थामा सेवा दिन बाध्य छन्।
अहिलेको यस्तो परिस्थितिमा कसरी मिलेर काम गर्ने भनेर सोच्नुको सट्टा स्वास्थ्यकर्मीमाथि नै अवरोध गर्ने क्रियाकलाप अत्यन्तै निन्दनीय छ। अहिलेको अवस्थामा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीलाई बिना रोकावट अस्पताल आवतजावत गर्न दिएको अवस्थामा समाजका केही व्यक्तिहरुबाट बाटो छेक्ने, दुव्र्यवहार जस्ता क्रियाकलाप गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ।
समाजका अग्रज व्यक्तिहरुले यो बुभ्mनु जरुरी छ कि, बाटो छेकेर मान्छेहरुलाई झगडा गराएर कुनै पनि हालतमा कोरोना हट्ने छैन। समाजमा सबै व्यक्तिले स्वास्थ्यकर्मीले भनेबमोजिम लकडाउनको पूर्ण पालना गरी घरमै बस्नु बाहेक अर्को विकल्प छैन।
केही दिनबाट धेरै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले घरबाट अस्पताल र अस्पतालबाट घर फर्कंदा स्थानीय केही व्यक्तिको दुर्व्यवहार सहनु परेको छ। नेपाललाई कसरी कोरोना मुक्त गर्ने भनेर दिनरात काममा खटिएका स्वास्थ्यकर्मीलाई रोकेर दुर्व्यवहार गर्नु कति कानुन सम्मत होला तरु त्यस्ता मान्छेहरु टोलमा १०–१५ जना उपस्थित भई कानुनी शासनको धज्जी उडाउँदै हुल्हुज्जत गर्नाले कोरोनको संक्रमण रोकिएला तरु स्वास्थ्यकर्मीलाई रोकेर दुर्व्यवहार गर्नेलाई फौजदारी कसुर अनुसार सजायको निम्ति सरकारले कदम चाल्नै पर्दछ। अनि मात्र अस्पतालहरु र स्वास्थ्यकर्मी निर्धक्क रुपमा सेवा दिन सक्छन्।
(खत्री अस्पताल व्यवस्थापकको रुपमा कार्यरत छन्)