बिबिसी- २०१९ को अन्त्यतिर चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वका १८८ देशमा फैलिइसकेको छ। कोरोना भाइरसबाट विश्वमा एक करोड बढी मानिस संक्रमित भएका छन् भने पाँच लाखभन्दा बढीको मृत्यु भइसकेको तथ्यांक सार्वजनिक भएको छ।
यतिबेला विश्वभरका मानिस कोरोना भाइरस रोकथामका लागि भ्याक्सिन बन्ने आशमा छन्। तर १ सय २० वटा मेडिकल टिम संसारभर अलगअलग ठाउँबाट भ्याक्सिन बनाउन अनुसन्धानमा जुटे पनि सफलता भने हात लाग्न सकेको छैन।
यदि भ्याक्सिन बनाउन सफल भए पनि यो यस वर्षको अन्त्यसम्म मात्र उपलब्ध हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, विश्व स्वास्थ्य संगठनका प्रमुखले धेरैपल्ट भ्याक्सिन बन्ने बारेमा निराशा व्यक्त गरेका छन्।
कोरोना भाइरसको भ्याक्सिन किन महत्वपूर्ण छ?
विश्व जनसंख्याको ठूलो हिस्सा कोरोना भाइरसबाट संक्रमित हुने मूल्यांकन गरिएको छ। यस्तो अवस्थामा भ्याक्सिनबाट मात्र भाइरसको संक्रमण हुनबाट बचाउन सकिन्छ। कोरोना भाइरसको भ्याक्सिन बनाउँदैमा माहामारी एकै झड्कामा खत्तम त हुँदैन तर लकडाउन हटाउनु खरतनाक भने हुँदैन।
भ्याक्सिनमा प्रगति कति?
विश्व स्वास्थ्य संगठनका अनुसार पहिलो पटक कोरोना भाइरसबाट संक्रमित पुष्टि ३१ डिसेम्बर २०१९ मा भएको थियो। भाइरस यति छिटो फैलियो कि ३० जनवरी २०२० मा विश्वमै जनस्वास्थ्य संकटकाल घोषणा गरियो।
प्रारम्भिक समयमा यस भाइरसको बारेमा धेरै जानकारी भएन र उपचार चाँडै फेला पार्न सकिएन। विश्व स्वास्थ्य संगठन सहित विभिन्न देशका चिकित्सक कोरोना भाइरससँग लड्न भ्यक्सिन बनाउन जुटेका छन्। तर प्रश्न उठ्छ, भ्यक्सिन बन्न अझै कति समय लाग्ला?
हाल विश्वका १ सय २० ठाउँमा कोरोना भाइरसको भ्याक्सिन बनाउने प्रयास भइरहेको छ। १३ ठाउँमा क्लिनिकल ट्रायल समेत भएका छन्। यी १३ ठाउँमा चीन, अमेरिका र बेलायत समेत छन्। अस्ट्रेलिया, रुस र जर्मनीका एकएक ठाउँमा ट्रायल भइरहेको छ।
बेलायतमा कोरोना भाइरसको भ्याक्सिन मानिसमा परीक्षण गर्ने तयारी सुरु भएको छ। लन्डनको इम्पेरियल कलेजमा ३ सय मानिसमा यसको परीक्षण गरिने भएको छ। लन्डनको इम्पेरियल कलेजमा हुने परीक्षणको नेतृत्व रोबिन सटोकले गरेका छन्।
जनावरमा गरिएको परीक्षण सफल भएको छ। यो भ्याक्सिनले रोग प्रतिरोधात्मक क्षमता राम्रो बनाउन मद्दत गर्छ।
कोभिड–१९ सम्मिलित पहिलो मानव परीक्षणमा आठ बिरामीको शरीरमा एन्टिबडीहरू प्रयोग गरिएको छ। अक्सफोर्ड युनिभर्सिटीमा ८ सय जनामा परीक्षण सुरु भइरहेको छ। यस बाहेक १० करोड भ्याक्सिनका लागि एस्ट्राजेनेका कम्पनीसँग हस्ताक्षर गरिएको छ।
यो बाहेक शीर्ष कम्पनीमा सनफई र जिएसकेले पनि भ्याक्सिन विकसित गर्नका लागि एक अर्कासँग तालमेल गरेका छन्। अस्टे«लियाको नेभलमा दुई सम्भावित भ्याक्सिनको प्रयोग सुरु गरिएको छ। विश्वास यो गरिएको छ कि मानिसमा यसको परीक्षण अर्को वर्षसम्ममा सुरु हुनेछ। तर कसैलाई थाहा छैन, यीमध्ये कुनै पनि भ्याक्सिनले काम गर्छ।
कुनै पनि रोगको खोपको विकास हुन वर्षौं लाग्ने गर्छ। कुनै बेला दशकौं पनि लाग्न सक्छ। तर विश्वभरका अनुसन्धानकर्ताको आशा छ, छिट्टै केही महिनाभित्र कोरोना भाइरसको खोप विकसित हुनेछ।
अधिकांश विज्ञहरूका विचारमा २०२१ को बीचमा कोभिड–१९ को उपचार भ्याक्सिनबाट हुनेछ। यदि यो भयो भने एक विशाल वैज्ञानिक उपलब्धि हुनेछ। तर यो खोप पूर्ण रूपमा सफल हुनेछ भन्ने ग्यारेन्टी भने छैन।
अब कति काम गर्न बाँकी छ?
कोभिड–१९ को भ्याक्सिन तयार गर्न विभिन्न कोशिस जारी छ। तर धेरै काम गर्न बाँकी छ। भ्याक्सिन तयार भइसकेपछिको पहिलो कार्य भनेको यो सुरक्षित छ भनेर पत्ता लगाउनु हुनेछ। यदि यो भ्याक्सिनले रोगले भन्दा बढी समस्या उत्पन्न ग¥यो भने भ्याक्सिनको कुनै फाइदा हुने छैन।
क्लिनिकल परीक्षणहरूमा यो हेर्नु जरुरी छ कि, भ्याक्सिनले कोभिड–१९ विरूद्ध प्रतिरोध विकास गरिरहेको छ कि छैन। ताकि भ्याक्सिन लिइसकेपछि मानिसहरू संक्रमित नहुन्।
भ्याक्सिन तयार भइसकेपछि पनि अर्बौं डोज तयार गर्नु आवश्यक पर्छ। यसलाई भ्याक्सिन औषधि नियामक एजेन्सीहरूले पनि अनुमोदन गर्नुपर्ने छ।
कति मानिसलाई भ्याक्सिन दिनु जरुरी हुन्छ?
भ्याक्सिन कत्तिको प्रभावकारी छ भन्ने कुरा सुरुमा थाहा हुँदैन। कोभिड–१९ को संक्रमण रोक्नका लागि ६० देखि ७० प्रतिशत मानिसलाई यो भ्याक्सिन दिन आवश्यक पर्छ। यदि भ्याक्सिन प्रभावकारी भयो भने संसारभरका मानिसलाई भ्याक्सिन दिन जरुरत हुन्छ।
कसरी बन्छ भ्याक्सिन?
मानिसको शरीरमा हुने रगतमा ह्वाइट ब्लड सेल हुने गर्छ, जुन रोग प्रतिरोधात्मक क्षमता बढाउनेमध्ये एउटा भाग हो।
शरीरलाई कुनै पनि हानि नगरी भ्याक्सिनको माध्यमबाट शरीरमा कम मात्रामा भाइरस या ब्याक्टेरिया हाल्ने गरिन्छ। जब शरीरको रक्षातन्त्रले यो भाइरस या ब्याक्टेरियालाई चिन्छ, तब शरीरले यो भाइरससँग लड्न सिक्छ।
त्यसपछि यदि शरीरले भाइरस या ब्याक्टेरियाको सामना गर्नुपर्छ, त्यो बेला शरीरलाई जानकारी हुन्छ, संक्रमणबाट कसरी लड्ने भनेर।
दशकौंदेखि भाइरससँग लड्नको निमित्त जुन खोप बन्दै आएको छ, त्यसमा असली भाइरसको प्रयोग हँुदै आएको छ।
भाइरसहरू दादुरा, गलगाँड र रुबेला (एमएमआर अर्थात् दादुरा, मम्प्स र रुबेला) खोपहरू बनाउन प्रयोग गरिन्छ, जसले संक्रमण गर्न सक्दैन। साथै, यसको भाइरस फ्लु खोपमा पनि प्रयोग हुन्छ।
तर, कोरोना भाइरसको मामिलामा अहिलेसम्म नयाँ जुनजुन भाइरस बनाइएको छ, त्यसको लागि नयाँ तरिका प्रयोग गरिएको छ। नयाँ कोरोना भाइरस सार्स–कोभ–२ को आनुवांशिक कोड अब वैज्ञानिकहरुलाई थाहा छ र भ्याक्सिन बनाउन पूर्ण खाका तयार छ।
भ्याक्सिन बनाउने चिकित्सक कोरोना भाइरसको जेनेटिक कोडको थोरै भाग लिएर त्यसबाट नयाँ भ्याक्सिन तयार गर्ने कोशिसमा लागेका छन्।
कोही चिकित्सक यो भाइरसको मुल जेनेटिक कोडको प्रयोग गरिहेका छन्। जसले एक पटक शरीरमा प्रवेश गर्नासाथ भाइरस प्रोटिन बनाउँछ, ताकी शरीर यस भाइरससँग लड्न सकोस्।
के सबै उमेरका मानिस बच्न सक्छन्?
यो मानिएको छ कि बढ्दो उमेरका मानिसलाई यो भ्याक्सिन कम असरदार हुन्छ। किनभने बढ्दो उमेरसँगै शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि कम हुने गर्छ। हरेक वर्ष फ्लुसँगै यस्तो समस्या देखिने गर्छ। सबै औषधिको साइड इफेक्ट हुने गर्छ। सामान्यतया ज्वरो आउँदा प्रयोग हुने प्यारासिटामोलको पनि साइड इफेक्ट हुने गर्छ। तर जबसम्म सबै भ्याक्सिनको क्लिनिकल परीक्षण हुँदैन यो थाहा पाउन पनि मुस्किल हुन्छ।
कसले सबैभन्दा बढी भ्याक्सिन विकास गर्छ?
यदि भ्याक्सिनको विकास भयो भने सबैभन्दा पहिलो प्रश्न यो हुनेछ कि, सबैभन्दा पहिले कसले विकास गर्ने छ? किनभने सुरुमा भ्याक्सिन कम मात्र सप्लाई हुने छ। कोभिड–१९ बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मी सबैभन्दा बढी जोखिममा रहेका छन्।
कोभिड १९ बाट सबैभन्दा बढी वृद्धवृद्धा जोखिममा रहेका छन्। यदि भ्याक्सिन प्रभावकारी भयो भने सबैभन्दा पहिले उनीहरुलाई मिल्नु पर्छ।
जबसम्म भ्यासिन बन्दैन, तब सम्म...
खोपले मानिसलाई बिरामी हुनबाट बचाउन सक्छ। तर कोरोना भाइरसबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको सरसफाइमा ध्यान दिने नै हो। सामाजिक दूरी कायम राख्ने नै हो।
यदि तपाईं कोरोना भाइरसबाट संक्रमित हुनुभयो भने ७५ देखि ८० प्रतिशत समान्य संक्रमण जस्तो देखिने छ।
अनुवाद : सिर्जना खत्री
यो पनि :