विश्व स्वास्थ्य

१५ अगस्टसम्ममा भारतले बनाइसक्ला कोरोनाविरुद्धको खोप?

एजेन्सी– भारतीय स्वास्थ्य अनुसन्धान परिषद् (आइसीएमआर) ले भारतमा बनिरहेको कोरोना खोपको आमप्रयोग १५ अगष्टसम्ममा सुरु गर्न आग्रह गरेको छ। खोपको परीक्षणमा सामेल संस्थाहरुलाई पत्र लेख्नै परिषद्ले यस्तो आग्रह गरेको हो। 

खोपलाई परिषद् र हैदरावादस्थित बायोटेक कम्पनी मिलेर परीक्षण गरिरहेका छन्। एक पटक क्लिनिकल परीक्षण पूरा भए भारतीय स्वतन्त्रताको दिन १५ अगष्टमा ‘लन्च’ गर्न सकिने परिषद्को भनाइ छ। 

क्लिनिकल परीक्षणका लागि भारतका १२ संस्थालाई चयन गरिएको छ। परिषद् प्रमुख डा बलराम भार्गवले गत २ जुलाईमा ती १२ संस्थालाई पत्र लेख्दै ७ जुलाईसम्म क्लिनिकल परीक्षणको स्वीकृति लिन आग्रह गरेको थियो। 

कोरोनाविरुद्ध आइसीएमआरको सहभागितामा तयार पारिएको खोपको फास्ट ट्रयाक परीक्षणका लागि भारतीय बायोटक कम्पनीसँग सम्झौता गरिएको छ।  

क्लिनिकल परीक्षणपछि १५ अगस्टसम्म आममानिसका लागि खोप उपलब्ध गराउने आइसीएमआरको चाहना रहेको बिबिसी हिन्दीले उल्लेख गरेको छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने