काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ३५ लाख नाघेको छ। बिहिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ३५ लाख ४ हजार ५ सय ५३ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ३४ लाख ९५ हजार ५ सय ३६ पुगेको छ। त्यस्तै ब्राजिलमा १९ लाख ६६ हजार ७ सय ४८ , भारतमा ९ लाख ३६ हजार १ सय ८१ र रुसमा ७ लाख ४५ हजार १ सय ९७ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ५ लाख ८३ हजार नाघेको छ। पछिल्लो तथ्यांक अनुसार ५ लाख ८३ हजार ३ सय ५९ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ३७ हजार ३ सय ५८, ब्राजिलमा ७५ हजार ३ सय ६६ , बेलायतमा ४५ हजार १ सय ३८, मेक्सीकोमा ३६ हजार ९ सय ६, इटालीमा ३४ हजार ९ सय ९७ जनाको मृत्यु भएको छ।
विश्वभर ७५ लाख २२ हजार ७ सय ९६ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
बिहिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा १३ लाख ५० हजार ९८, अमेरिकामा १० लाख ७५ हजार ८ सय ८२, रुसमा ५ लाख २२ हजार ३ सय ७८जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि १७ हजार १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ११ हजार २५ जना संक्रमणमुक्त भएका छन् भने ३९ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ९ लाख ३६ हजार १ सय ८१ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २४ हजार ३ सय ९ पुगेको छ। भारतमा हालसम्म ५ लाख १३ हजार ७ सय ३५ संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ५५ हजार ७ सय ६९ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ५ हजार ३ सय ८६ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म १ लाख ७७ हजार ८ सय १० जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ६ सय ७१ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार १ छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या १ लाख ९३ हजार ५ सय ९० पुगेको छ। बंगलादेशमा हालसम्म २ हजार ४ सय ५७ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ५ हजार २३ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३४ हजार ९ सय ९४ पुगेको छ। अफगानिस्तानमा १ हजार ९४ जनाको मृत्यु भइसकेको छ भने २२ हजार ४ सय ५६ उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या ८४ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ७८ छ।
माल्दिभ्समा संक्रमितको संख्या २ हजार ८ सय ३१ रहेको छ। मृत्यु हुनेको संख्या १४ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ३ सय २१ पुगेको छ ।