काठमाडौं- बिहीबार काठमाडौंमा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १ जना संक्रमित थपिएको जानकारी दिए। योसँगै काठमाडौंंमा संक्रमित हुनेको संख्या २ सय ४५ पुगेको छ।
काठमाडौं उपत्यका सहित पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। नेपालमा संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ।
पछिल्लो २४ घन्टामा थप २ सय १३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ११ हजार २ सय ४९ पुगेको छ।