काठमाडौं- कोरोना महामारीका कारण रोकिएको सरकारी चिकित्सक संघ नेपालको चौथो साधारणसभा र निर्वाचन साउन १० हुने भएको छ।
राष्ट्रिय ट्रमा सेन्टरको हलमा बिहान ९ बजेदेखि ५ बजेसम्म संघको नयाँ कार्यसमिमितको लागि मतदान हुने निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिले अनलाइन फारम भरी आधारि।क परिचयपत्र भएका व्यक्ति मतदाता हुन पाउने जनाएको छ। अनलाइन सदस्या फारम भरेका सदस्यले अनलाइन मतदान गर्न पाउने जनाउँदै अनलाइन फारम भर्न छुटेका सदस्यहरुलाई अविलम्ब अनलाइन फारम भर्न अनुरोध गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सरकारी चिकित्सकको सूचीमा नाम भएका व्यक्ति संघको सदस्य हुन पाउँछन्।
प्रमुख निर्वाचन अधिकृत डा रुद्रप्रसाद मरासिनीका अनुसार अनलाइन फामर नभरेका सदस्यले भौतिक उपस्थित भई मतदान गर्न पाउने छन्।