चितवन- नेपाल चिकित्सक संघ चितवन शाखामा नयाँ कार्यसमिति चयन भएको छ। भरतपुर अस्पतालमा कार्यरत डा लोकबहादुर सेढाईंको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।
नेतृत्वका लागी प्रजातान्त्रिक प्यानल र प्रगतिशील प्यानलका समूहले उम्मेद्वारी दिएका थिए। तर अन्तिम समयमा सहमतिमा नेतृत्व चयन भएको हो।
१३ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा भारती देवी शर्मा, उपाध्यक्षमा डा गुरू शरण साह, सचिवमा डा सुर्य प्रकाश सापकोटा, कोषाध्यक्षमा डा मनोज कँडेल, सहसचिवमा डा महेन्द्र कुमार अग्रहरी र सहकोषाध्यक्षमा डा अमित चौधरी चयन भएका छन्।
सदस्यहरुमा प्रजातान्त्रिक प्यानलका डा रोहन झा, डा शिव कंडेल, डा प्रजिता भण्डारी, डा पल्लव राज पौडेल, डा विवेक कंडेल र डा किरण देवकोटा चयन भएका छन्।