काठमाडौं- कार्णाली प्रदेशका तीन जिल्लामा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार दैलेख, सल्यान र रुकुम पश्चिममा संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार दैलेख चामुण्डा विन्द्रासैनी–३का ३२ वर्षीय पुरुष, नौमुले गाउँपालिका ५ का २६ वर्षीय पुरुष, नौमुले ६ का ३० वर्षीय पुरुष र आठबीस नगरपालिका ४ का १८ र ३२ वर्षका पुरुषमा संक्रमण देखिएको हो।
यस्तै सल्यान दार्मा ४ का २२ वर्षीय पुरुष र रुकुम पश्चिमको चौरजहारी नगरपालिका ७ का २६ वर्षीय पुरुषलाई संक्रमण देखिएको हो।
यो सहित कर्णाली प्रदेशमा हालसम्म १ हजार ७ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये हालसम्म १ हजार ४ सय ९३ जना निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ। प्रदेशमा हाल २ सय ३४ जना सक्रिय संक्रमित रहेका छन्।
