काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ४२ लाख नाघेको छ। आइतबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ४२ लाख ३१ हजार २ सय ४८ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ३७ लाख ७ हजार २३ पुगेको छ। त्यस्तै ब्राजिलमा २० लाख ७४ हजार ८ सय ६० , भारतमा १० लाख ३८ हजार ७ सय १६ र रुसमा ७ लाख ६४ हजार २ सय १५ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ६ लाख नाघेको छ। पछिल्लो तथ्यांक अनुसार ६ लाख १ हजार २ सय १३ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ४० हजार १ सय ५, ब्राजिलमा ७८ हजार ७ सय ७२ , बेलायतमा ४५ हजार ३ सय ५८, मेक्सीकोमा ३८ हजार ८ सय ८८, इटालीमा ३५ हजार ४२ जनाको मृत्यु भएको छ।
विश्वभर ७९ लाख ९२ हजार १ सय २६ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
आइतबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा १४ लाख ४७ हजार ४ सय ८, अमेरिकामा ११ लाख २२ हजार ७ सय २०, रुसमा ५ लाख ४५ हजार ९ सय ९ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि १७ हजार ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ११ हजार ६ सय ३७ जना संक्रमणमुक्त भएका छन् भने ४० जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या १० लाख ३८हजार ७ सय १६ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २६ हजार २ सय ७३ पुगेको छ। भारतमा हालसम्म ६ लाख ५४ हजार ७ सय ५१ संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ६१ हजार ९ सय १७ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ५ हजार ५ सय २२ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म १ लाख ९८ हजार ५ सय ९ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ७ सय ३ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार २३ रहेको छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ६६ पुगेको छ। बंगलादेशमा हालसम्म २ हजार ५सय ८१ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख १० हजार ९८ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३५ हजार ३ सय १ पुगेको छ। अफगानिस्तानमा १ हजार १ सय ६४ जनाको मृत्यु भइसकेको छ भने २३ हजार २ सय ७३ उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या ८७ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ७८ छ।
माल्दिभ्समा संक्रमितको संख्या २ हजार ९ सय ३० रहेको छ। मृत्यु हुनेको संख्या १५ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ३ सय ५४ पुगेको छ ।