काठमाडौं- पछिल्लो २४ घन्टामा ५८ जना कोरोना संक्रमित उपचारपछि विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।
नेपालमा निको हुनेको संक्रमितको संख्या ११ हजार ६ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। शनिबार १ सय ३ जना डिस्चार्ज भएका थिए।
भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला सहित ८ जिल्ला कोरोना मुक्त भएका छन्।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ।
आइतबार विभिन्न २७ प्रयोगशालबाट ३ हजार ७ सय ४१ जनाको पिसिआर भएको छ।
हालसम्म २२ हजार ६ सय ६२ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ९ सय २३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
कुन प्रदेशमा कति संक्रमित?
प्रदेश १ : ७५१
प्रदेश २ : २६५९
बागमती प्रदेश : ४२७
गण्डकी प्रदेश : ९४८
प्रदेश ५ : ३७१५
कर्णाली प्रदेशमा : १५१४
सुदूरपश्चिम प्रदेश : १६७१