काठमाडौं - बारा र पर्साका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाराका ४६ र पर्साका ४ जनामा संक्रमण पुष्टि भएको हो।
बाराको देवतलस्थित क्वारेन्टाइनमा रहेका ४६ जनामा कोरोना पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए । पर्साका ४ जना भने होटल कुमु प्यालेसमा क्वारेन्टाइनमा थिए।
उनीहरु सबैको असार ३० गते स्वाब संकलन गरिएको थियो । संक्रमितहरुलाई बाराको कलैयास्थित आइसोलेसन सेन्टरमा लैजाने तयारी भएको अस्पतालले जनाएको छ।