काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका कार्यलयमा कार्यरत कर्मचारीलाई भदौ २० गते भित्र सम्पत्ति विवरण पठाउन निर्देशन गरेको छ।
मन्त्रालयले सबै स्थायी, अस्थायी, करार र ज्यालादारीमा काम गरीरहेका कर्मचारीहरुलाई सम्पत्ति विवरण भरेर पठाउन निर्देशन दिएको हो।
मन्त्रालयले सबै विभागहरु, प्रतिष्ठानहरु, केन्द्रहरु, अस्पतालहरु र परिषदमा कार्यरत सबैलाई विवरण पठाउन भनेको छ।
यसका साथै मन्त्रालयले विकास समिति तर्फका स्थायी कर्मचारीहरुको पद र नाम सहितको विवरण समेत तीन दिन भित्र उपलव्ध गराउन निर्देशन दिएको छ।
