काठमाडौं- पछिल्लो २४ घन्टामा हुम्लामा एक जना नयाँ संक्रमित भेटिएका छन्। यसअघि हुम्लामा दुई जना संक्रमित भेटिएका थिए। उनीहरु डिस्चार्ज भएपछि हुम्लामा सक्रिय संक्रमितको संख्या शून्य रहेको थियो।
हाल संक्रमित शून्य रहेको जिल्ला संख्या सात रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि हुम्ला पनि यो सूचीमा थियो।
संक्रमितहरुको संख्या शून्य रहेका जिल्लाहरुमा धनकुटा, पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ छन्। यसअघि धनकुटामा १२, पाँचथरमा ७, भोजपुरमा ६, संखुवासभामा ६, रसुवामा ११, मनाङमा १ र मुस्ताङमा १ जना संक्रमित भेटिएका थिए।