फाइल तस्बिर
काठमाडौं– पछिल्लो २४ घण्टामा गण्डकी प्रदेश र प्रदेश ५ मा सबैभन्दा बढी संक्रमित डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश ५ मा ५६ र गण्डकी प्रदेशमा पनि ५६ जना निको भएर घर फर्किएका हुन्।
सोमबार सुदूरपश्चिम प्रदेशमा भने निको भएर घर फर्किनेको संख्या शून्य छ।
त्यस्तै प्रदेश १ मा १, प्रदेश २ मा ३८, बागमती प्रदेशमा १४ र कर्णली प्रदेशमा ८ जना संक्रमित निको भएर घर फर्किएका छन्।
सोमबार देशभरीका विभिन्न अस्पतालबाट १ सय ७३ जना डिस्चार्ज भएर घर फकिएका छन्। यो सँगै निको हुनेको संख्या ११ हजार ८ सय ६८ पुगेको छ।
हालसम्म कुन प्रदेशमा कति डिस्चार्ज?
प्रदेश १–७५२
प्रदेश २ –२६९७
बागमती प्रदेश – ४५१
गण्डकी प्रदेश – १००४
प्रदेश ५– ३७७१
कर्णली प्रदेशमा –१५२२
सुदुरपश्रिम प्रदेश – १६७१