काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ४६ लाख नाघेको छ। मंगलबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ४६ लाख ५५ हजार ४ सय ५ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ३७ लाख २५ हजार १ सय ५३ पुगेको छ। त्यस्तै ब्राजिलमा २१ लाख १८ हजार ६ सय ४६ , भारतमा ११ लाख १८ हजार २ सय ६ र रुसमा ७ लाख ७६ हजार २ सय १२ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ६ लाख ९ हजार नाघेको छ। पछिल्लो तथ्यांक अनुसार ६ लाख ९ हजार १ सय ९८ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ४० हजार ९ सय ५७ , ब्राजिलमा ८० हजार १ सय २० , बेलायतमा ४५ हजार ३ सय ९७, मेक्सीकोमा ३९ हजार ४ सय ८५, इटालीमा ३५ हजार ५८ जनाको मृत्यु भएको छ।
विश्वभर ८२ लाख २७ हजार ८ सय ४ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
मंगलबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा १५ लाख १४ हजार ३ सय , अमेरिकामा ११ लाख ३१ हजार १ सय २१, रुसमा ५ लाख ५२ हजार ६ सय ४४ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि १७ हजार ८ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ११ हजार ६ सय ६८ जना संक्रमणमुक्त भएका छन् भने ४० जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ११ लाख १८ हजार २ सय ६ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २७ हजार ४ सय ९७ पुगेको छ। भारतमा हालसम्म ७ लाख ८७ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ६५ हजार ८३ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ५ हजार ५ सय ९९ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ५ हजार ९ सय २९ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ७ सय ३० रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ४१ रहेको छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ७ हजार ४ सय ५३ पुगेको छ। बंगलादेशमा हालसम्म २ हजार ६ सय ६८ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख १३ हजार ५ सय ५६ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३५ हजार ५ सय २६ पुगेको छ। अफगानिस्तानमा १ हजार १ सय ८५ जनाको मृत्यु भइसकेको छ भने २३ हजार ७ सय ४१ उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या ८९ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ८२ छ।
माल्दिभ्समा संक्रमितको संख्या २ हजार ९ सय ९९ रहेको छ। मृत्यु हुनेको संख्या १५ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ३ सय ६९ पुगेको छ ।