काठमाडौं - गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ९ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार प्रदेशका म्याग्दी, बाग्लुङ र स्याङ्जामा ३/३ जना गरी ९ जनामा कोरोना पोजिटिभ देखिएको हो।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३२९ पुगेको छ। प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १०२० छ।