काठमाडौं- नेपाल नेत्रज्योति संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १ सय थान आइआर थर्मोमिटर सहयोग गरेको छ।
कोभिड-१९ विरुद्धको सरकारी अभियानमा सहयोग गर्ने उद्देश्यले संघले सात लाख बराबरको एक सय थान आइआर थर्मोमिटर सहयोग गरेको जनाएको छ।
संघले अहिलेसम्म सर्वसाधारणको आँखा उपचारको लागि संघका ४२ वटा जिल्ला शाखा, २० वटा आँखा अस्पताल र १२१ वटा प्राथमिक आँखा उपचार केन्द्रहरुमार्फत सेवा प्रवाह गर्दै आएको छ।
संघले नेपालमा अन्धोपन न्यूनीकरणका साथै आँखा स्वास्थ्य सेवालाई मुलुकको दुर्गम तथा पिछडिएको क्षेत्रसम्म सहज र सुलभ रुपमा पु¥याउँदै आएको छ।