फाइल तस्बिर
काठमाडौं– पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा बढी कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशबाट एकै दिन ४ सय ५८ जना निको भएर घर फर्किएका छन्। सोमबार सुदूरपश्चिममा निको हुनेको संख्या शून्य थियो।
मंगलबार प्रदेश १मा निको भएर घर फर्किनेको संख्या शून्य छ।
त्यस्तै, प्रदेश २ मा ६९, बागमती प्रदेशबाट १, गण्डकी प्रदेशबाट १६, प्रदेश ५ बाट ४८ र कर्णली प्रदेशबाट १८ जना निको भएर घर फर्किएका छन्।
मंगलबार देशभरीका विभिन्न अस्पतालबाट ६ सय ९ जना डिस्चार्ज भएर घर फकिएका छन्। यो सँगै निको हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ।
हालसम्म कुन प्रदेशमा कति डिस्चार्ज?
प्रदेश १–७५२
प्रदेश २ –२७६६
बागमती प्रदेश – ४५२
गण्डकी प्रदेश – १०२०
प्रदेश ५– ३८१८
कर्णली प्रदेशमा –१५४०
सुदूरपश्चिम प्रदेश – २१२९