काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ४८ लाख नाघेको छ। बुधबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ४८ लाख ९४ हजार ९ सय ७३ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ३८ लाख ९७ हजार ४ सय ६५ पुगेको छ। त्यस्तै ब्राजिलमा २१ लाख ५९ हजार ६ सय ५४ , भारतमा ११ लाख ५५ हजार ३ सय ५३ र रुसमा ७ लाख ८२ हजार ४० जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार नाघेको छ। पछिल्लो तथ्यांक अनुसार ६ लाख १५ हजार ३ सय ८६ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ४१ हजार ९ सय ७२ , ब्राजिलमा ८१ हजार ४ सय ८७ , बेलायतमा ४५ हजार ५ सय ७, मेक्सीकोमा ४० हजार ४ सय , इटालीमा ३५ हजार ७३ जनाको मृत्यु भएको छ।
विश्वभर ८४ लाख ३० हजार ९ सय ११ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
बुधबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा १५ लाख ५५ हजार ३ सय ३९ , अमेरिकामा ११ लाख ८२ हजार ८१, रुसमा ५ लाख ६१ हजार ३ सय ९७ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि १७ हजार ९ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १२ हजार ४ सय ७७ जना संक्रमणमुक्त भएका छन् भने ४० जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ११ लाख ५५ हजार ४ सय ५४ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २८ हजार ८४ पुगेको छ। भारतमा हालसम्म ७ लाख २४ हजार ५ सय ७८ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ६६ हजार ९६ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ५ हजार ६ सय ३९ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ८ हजार ३० जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ७ सय ३० रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ४८ रहेको छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार ५ सय १० पुगेको छ। बंगलादेशमा हालसम्म २ हजार ७ सय ९ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख १५ हजार ३ सय ९७ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३५ हजार ६ सय १५ पुगेको छ। अफगानिस्तानमा १ हजार १ सय ८६ जनाको मृत्यु भइसकेको छ भने २३ हजार ७ सय ४१ उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या ९० पुगेको छ। उपचारपछि निको हुनेको संख्या ८३ छ।
माल्दिभ्समा संक्रमितको संख्या ३ हजार ४४ रहेको छ। मृत्यु हुनेको संख्या १५ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ३ सय ९७ पुगेको छ।