काठमाडौं- पछिल्लो २४ घन्टामा २ सय ७ जना कोरोना संक्रमित उपचारपछि विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।
यो सँगै नेपालमा निको हुनेको संख्या १२ हजार ६ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार ६ सय ९ जना डिस्चार्ज भएका थिए।
भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ सहित ७ जिल्ला कोरोना मुक्त भएका छन्।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।
बुधबार विभिन्न प्रयोगशालबाट ३ हजार ७ सय ७९ जनाको पिसिआर भएको छ।
हालसम्म २० हजार ८ सय ४२ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ३ सय ७० जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
कुन प्रदेशमा कति डिस्चार्ज?
प्रदेश १ : ७५२
प्रदेश २ : २८३९
बागमती प्रदेश : ४५६
गण्डकी प्रदेश : १०२४
प्रदेश ५ : ३८४८
कर्णली प्रदेश : १५६७
सुदूरपश्रिम प्रदेश : २२०२