काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नाघेको छ। प्छिल्लो २४ घण्टामा १ सय जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालमा सुनसरीका ४ जनामा कोरोना भेटिएको छ। कोशी अस्पताल विराटनगर प्रयोगशालमा मोरङका ३ कोरोना पृष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १, ताप्लेजुङका ३ जनामा कोरोना पृष्टि भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै गजेन्द्रनारायण अस्पताल प्रयोगशालमा सप्तरीका १८, प्रादेशिक जनस्वास्थ प्रयोगशाला जनकपुरमा धनुषाका ५ जना कोरोना पृष्टि भएको छ।
त्यस्तै नारायणी अस्पताल वीरगञ्जमा बाराका ३ र पर्साका ६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएकोे छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौँका २, सर्लाहीका २, जनामा कोरोना भेटिएको छ।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पाताल टेकु प्रयोगशालमा काठमाडौँका एक जनामा कोरोना देखिएको छ।
भरतपुर अस्पताल प्रयोगशाला चितवनमा चितवनका एक जना र वीरअस्पताल काठमाडौँमा सर्लाहीका १ जनामा कोरोना पृष्टि भएको छ।
प्रादेशिक क्षयरोग केन्द्र पोखरामा लमजुङका ७, स्याङ्जाका ३ र बाग्लुङका ३ जनामा कोारेना भेटिएको प्रवक्ता गौतमले जानकारी गराए।
भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाकेका ३, बर्दियाका २ र सल्यानका २ जना कोरोना भेटिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कालीकोटका ६ जनामा कोरोना पृष्टि भएको छ।
दैलेख रियल टाइम पिसिआर प्रयोगशाला दैलेखमा दैलेखका १६ जना जना कोरोना देखिएको छ।
डडेल्धुरा अस्पपताल प्रयोगशाला डडेल्धुरामा बझाङका १ र डोटीका ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाको छ।
कोरोनाको आशंकामा गत २४ घण्टामा ३ हजार ७ सय ७९ जनाको पिसिआर परीक्षण गरिएको छ। मुलुकभर हाल ५ हजार ३ सय ७० जना अस्पतालको आइसोलेसन र २० हजार ८ सय ४२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।