फाइल तस्बिर
काठमाडौं– सप्तरीमा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण देखिएको छ।
गजेन्द्र नारायण सिंह सगरमाथ अस्पतालमा भएको परिक्षणमा बुधबार सप्तरीका १३ जनामा कोरोना पुष्टि भएको हो ।
अस्पतालका अनुसार उनीहरुको अवस्था सामान्य छ।
अस्पतालमा प्रमुख डा रन्जित झाका अनुसार संक्रमित मध्ये २ जना अस्पतालका कर्मचारी रहेका छन्। बाँकी ११ जना केही दिन अगाडी कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तीको सम्र्पकमा आएका मानिसहरु हुन्।
अहिलेसम्म मृतका सम्र्पकमा रहेका परिवार सहित २२ जनामा कोरोना पृष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालका कर्मचारीलाई संक्रमण पृष्टि भएसँगै अहिले सबै अस्पतालका कर्मचारीको स्वाब परिक्षण गरिएको डा झाले जानकारी दिए।
डा झाका अनुसार अस्पतालले हाल अन्य सेवा लिन आउने बिरामीलाई अस्पताल आउन रोक लगाइएको छ। अस्पतामा भर्ना भएका सम्पूर्ण बिरामीहरुको स्वाब संकलन भैरहेको झाले बताए।