काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ५१ लाख नाघेको छ। बिहिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ५१ लाख ६६ हजार ४ सय १ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ३९ लाख ६७ हजार ९ सय १७ पुगेको छ। त्यस्तै ब्राजिलमा २२ लाख २७ हजार ५ सय १४ , भारतमा ११ लाख ९३ हजार ७८ र रुसमा ७ लाख ८७ हजार ८ सय ९० जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ६ लाख २१ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ६ लाख २१ हजार ८ सय ९० जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ४३ हजार १ सय ४७ , ब्राजिलमा ८२ हजार ७ सय ७१, बेलायतमा ४५ हजार ५ सय ८६, मेक्सीकोमा ४१ हजार १ सय ९०, इटालीमा ३५ हजार ८२ जनाको मृत्यु भएको छ।
विश्वभर ८६ लाख ५ हजार ४ सय ८७ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
बिहिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा १५ लाख ९१ हजार ९ सय ७५ , अमेरिकामा १२ लाख १० हजार ८ सय ४९, रुसमा ५ लाख ७१ हजार ४९ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि १८ हजार ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १२ हजार ६ सय ८४ जना संक्रमणमुक्त भएका छन् भने ४२ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ११ लाख ९३ हजार ७८ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २८ हजार ७ सय ३२ पुगेको छ। भारतमा हालसम्म ७ लाख ५३ हजार ५० जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ६७ हजार ४ सय २८ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ५ हजार ६ सय ६७ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख १० हजार ४ सय ६८ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ७ सय ५२ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ६४ रहेको छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख १३ हजार ३ सय ५४ पुगेको छ। बंगलादेशमा हालसम्म २ हजार ७ सय ५१ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख १७ हजार २ सय २ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३५ हजार ७ सय २७ पुगेको छ। अफगानिस्तानमा १ हजार १ सय ९० जनाको मृत्यु भइसकेको छ भने २३ हजार ९ सय २४ उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या ९२ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ८३ छ।
माल्दिभ्समा संक्रमितको संख्या ३ हजार १ सय ३ रहेको छ। मृत्यु हुनेको संख्या १५ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ३ सय ९७ पुगेको छ ।