पोखरा- गण्डकी प्रदेशमा बिहीबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या थप भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३५० पुगेको छ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण देखिएको बताए।
उनका अनुसार क्षयरोग उपचार केन्द्रमा पर्वतका एक महिला र एक पुरुष, स्याङ्जाका एक पुरुष र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका २ पुरुषमा संक्रमण देखिएको हो।
हालसम्म गण्डकी प्रदेशका पुष्टि भएका एक हजार ३५० मध्ये १ हजार ९१ जना व्यक्ति संक्रमणमुक्त भएका छन्।