काठमाडौं- विराट नर्सिङ होममा स्वाब संकलन गरिएका कोरोना संक्रमित अन्तत फेला परेका छन्। उनी अस्पतालकै उच्च तहका एक डाक्टर रहेको पाइएको छ।
अस्पतालकै डाक्टरलाई कोरोना पोजिटिभ आएपछि अस्पतालले जानीजानी उनको विवरण लुकाएको पाइएको छ। अस्पतालले संक्रमितको विवरण लुकाउँदा बुधबार ललितपुर महानगरपालिकाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई खोजी गर्दैमा हैरानी भएको थियो।
अन्तत: उनीहरुले अस्पतालकै चिकित्सकलाई कोरोना पोजिटिभ भएको पत्ता लगाएका थिए।
अस्पतालमै कार्यरत डाक्टरलाई कोरोना देखिएपछि अस्पताल सिल गरिएको छ।