काठमाडौं- नेपाल फार्मेसी काउन्सिलले भदौमा फार्मेसी सहायक र फर्मासिष्टको नाम दर्ता परीक्षा (लाइसेन्स) लिने भएको छ।
काउन्सिलले फार्मेसी सहायकको भदौ १२ र फर्मासिष्टको भदौ १३ गते परीक्षा सञ्चालन गर्ने भएको हो। यो काउन्सिलको १५ औै परीक्षा हो।
काउन्सिलले कोभिड-१९ सँग सम्बन्धित सुरक्षा निर्देिशकाको पालना गर्दै परीक्षा लिने जनाएको छ।