काठमाडौं- विश्व फोटो दिवसलाई मध्यनजर गर्दै फोटो पसल प्रालिले ‘कोभिड-१९ फोटो प्रतियोगिता’ आयोजना गर्ने भएको छ। आम नेपाली नागरिक यस प्रतियोगितामा सहभागी हुनसक्ने उक्त संस्थाले जनाएको छ।
कोरोना भाइरस (कोभिड-१९) ले नेपालको सामाजिक, आर्थिक एंव व्यक्तिगत रुपमा पारेको प्रभावलाई फोटोका माध्यमबाट केकस्तो सूचना, जनचेनता दिँदै आइरहेको छ भन्ने कुराको संग्रह गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको गरेको प्रतियोगिताका संयोजक हरि पण्डेले जानकारी दिए।
अगस्ट १९ का दिन विश्व फोटो दिवसको अवसर पारेर फोटोग्राफी सम्बन्धी व्यवसाय एवं यस सम्बन्धी रुचि राख्ने नेपाली नागरिकलाई सम्मान गर्ने कार्यक्रम रहेको संस्थाका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले जानकारी दिए।
देश, विदेशमा रहेका फोटोग्राफर, फोटो पत्रकार र फोटोग्राफी सम्बन्धी रुचि राख्ने नेपाली समेत यस प्रतियोगितामा निःशुल्क सहभागी हुनसक्ने आयोजक संस्थाले जनाएको छ।
प्रतियोगितामा सहभागी हुनका लागि फेसबुक पेजमा रहेको जिमेलमा ओरजिनल फाइल फोटो कम्तीमा पनि ठूलो साइजमा प्रिन्ट गर्न मिल्ने र आफैंले खिचेको मात्र पठाउनु पर्ने छ।
प्रतियोगिताको प्रथम पुरस्कार २५ हजार, दोस्रो पुरस्कार १० हजार र तेस्रो पुरस्कार ५ हजार सम्मान स्वरूप प्रदान गर्ने तथा सम्पूर्ण सहभागीलाई समेत आयोजकले डिजिटल प्रमाणप्रत्रको व्यवस्था गरेको आयोजकले जनाएको छ।
प्रतियोगितामा भाग लिन साउन ३१ गते शनिबारसम्म फोटो पठाइसक्नु पर्नेछ। पठाउने फोटो कोभिड-१९ सम्बन्धी जनचेतना, सूचना एवं यसको प्रभावलाई उजागरा गराउने विषय वस्तुमा केन्द्रित हुनुपर्ने आयोजकले जनाएको छ।