काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ५७ लाख नाघेको छ। शनिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांकअनुसार विश्वभर १ करोड ५७ लाख ३६ हजार ४ सय ९९ जना मानिस काेराेनाबाट संक्रमित भएका छन्।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ४१ लाख १२ हजार ५ सय ३१ पुगेको छ। त्यस्तै ब्राजिलमा २२ लाख ८७ हजार ४ सय ७५, भारतमा १३ लाख ३७ हजार २४ र रुसमा ७ लाख ९९ हजार ४ सय ९९ जनामा संक्रमण पुष्टि भएको भएकाे छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ६ लाख ३९ हजार नाघेको छ। पछिल्लो तथ्यांकअनुसार ६ लाख ३९ हजार ६ सय ५२ जनाको मृत्यु भएको छ। अमेरिकामा १ लाख ४५ हजार ५ सय ४६, ब्राजिलमा ८५ हजार २ सय ३८, बेलायतमा ४५ हजार ७ सय ६२, मेक्सीकोमा ४२ हजार ६ सय ४५, इटालीमा ३५ हजार ९७ जनाको मृत्यु भएको छ।
विश्वभर ९० लाख ४३ हजार २ सय ३ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
शनिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा १६ लाख ९३ हजार २ सय १४ , अमेरिकामा १२ लाख ६१ हजार ६ सय २४, रुसमा ५ लाख ८७ हजार ७ सय २८ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि १८ हजार ३ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १२ हजार ९ सय ४७ जना संक्रमणमुक्त भएका छन् भने ४५ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या १३ लाख ३७ हजार २४ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३१ हजार ३ सय ५८ पुगेको छ। भारतमा हालसम्म ८ लाख ४९ हजार ८ सय ३२ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ७१ हजार ८ सय ८७ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ५ हजार ७ सय ८७ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ३६ हजार ५ सय ९६ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ७ सय ६४ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ९४ रहेको छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ५६ पुगेको छ। बंगलादेशमा हालसम्म २ हजार ८ सय ३६ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख २० हजार ९ सय ७६ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३५ हजार ९ सय ८१ पुगेको छ। अफगानिस्तानमा १ हजार २ सय २५ जनाको मृत्यु भइसकेको छ भने २४ हजार ६ सय २ उपचारपछि निको भएका छन्। भुटानमा संक्रमितको संख्या ९२ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ८३ छ।
माल्दिभ्समा संक्रमितको संख्या ३ हजार १ सय ७५ रहेको छ। मृत्यु हुनेको संख्या १५ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ४ सय ९८ पुगेको छ।