काठमाडौं- रोट्याक्ट क्लब अफ नेपाल नेशनल हस्पिटलले आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन्। काठमाडौं उपत्यकामा भएको रगत अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको अस्पतालले जनाएको छ।
उक्त कार्यक्रममा ७५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक समिर शर्माले बताए। कार्यक्रममा नेपाल नेशनल हस्पिटलका मेडिकल डाइरेक्टर डा प्रकाश पौड्याल, कंलकी युथ क्लबका अध्यक्ष सूर्य नारायण शर्मा (सुरु), कंलकी प्रहरी प्रभागका प्रहरीहरु, नेपाल नेशनल हस्पिटलका कर्मचारीहरु, रोट्याक्ट क्लब अफ नेपाल नेशनल हस्पिटलका सदस्यहरुको सहभागिता थियो।
