काठमाडौं- काठमाडौंको बानेश्वरस्थित कात्यायनिमा राजेश मेमोरियल क्यान्सर रिलिफ फाउन्डेसनको स्थापना भएको छ। क्यान्सर रोगसम्बन्धी स्वास्थ्य तथा औषधि विज्ञानका क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धानका साथै क्यान्सर पीडितहरुलाई आवश्यक सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको फाउन्डेसनले जनाएको छ। फाउन्डेसनले गरिब तथा उपचारको पहुँच बाहिर रहेका क्यान्सरका बिरामीलाई प्राथमिकतामा राखेको छ।
क्यान्सर अस्पतालसम्म पहुँच नभएका बिरामीका लागि यातायात सेवा, निःशुल्क बासस्थानको व्यवस्थाका साथै आर्थिक कमजोर भएकालाई सहयोग गर्ने फाउण्डेशनले जनाएको छ।
आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निःशुल्क औषधिको समेत व्यवस्था मिलाइने फाउन्डेसनको उद्देश्य छ। हाडजोर्नी विशेषज्ञ डा. राजेश आचार्यको स्मृतिमा उक्त फाउन्डेसनको स्थापना गरिएको हो।