काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ५९ लाख नाघेको छ। आइतबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ५९ लाख ६ हजार ४ सय १६ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ४१ लाख ७६ हजार ४ सय १६ पुगेको छ। त्यस्तै ब्राजिलमा २३ लाख ९४ हजार ५ सय १३, भारतमा १३ लाख ३७ हजार २४ र रुसमा ८ लाख ५ हजार ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ६ लाख ४३ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ६ लाख ४३ हजार ३ सय ७१ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ४६ हजार ४ सय १८ , ब्राजिलमा ८६ हजार ४ सय ४९, बेलायतमा ४५ हजार ८ सय ३२, मेक्सीकोमा ४२ हजार ६ सय ४५, इटालीमा ३५ हजार १ सय २ जनाको मृत्यु भएको छ।
विश्वभर ९१ लाख ८६ हजार ५ सय ५२ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
आइतबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा १७ लाख ५१ हजार ९ सय २२ , अमेरिकामा १२ लाख ७९ हजार ४ सय १४, रुसमा ५ लाख ९६ हजार ६४ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि १८ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १३ हजार ५३ जना संक्रमणमुक्त भएका छन् भने ४५ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या १३ लाख ३७ हजार २४ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३१ हजार ३ सय ५८ पुगेको छ। भारतमा हालसम्म ८ लाख ४९ हजार ४ सय ३२ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ७३ हजार १ सय १३ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ५ हजार ८ सय २२ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ३७ हजार ४ सय ३४ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ७ सय ७० रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार १ सय ३ रहेको छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख २१ हजार १ सय ७८ पुगेको छ। बंगलादेशमा हालसम्म २ हजार ८ सय ७४ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख २२ हजार ९० छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३६ हजार ३६ पुगेको छ। अफगानिस्तानमा १ हजार २ सय ४८ जनाको मृत्यु भइसकेको छ भने २४ हजार ७ सय ९३ उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या ९२ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ८५ छ।
माल्दिभ्समा संक्रमितको संख्या ३ हजार २ सय ५२ रहेको छ। मृत्यु हुनेको संख्या १५ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ४ सय ९८ पुगेको छ ।