काठमाडाैं- गृह मन्त्रालयले सामाजिक दूरी कायम गराउन र मास्क तथा स्यानिटाइजरकाे प्रयोगमा कडाई गर्न निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयसहित देशभरका जिल्ला प्रशासन कार्यालयलाई गृहले यस्तो निर्देशन दिएको हो।
गृहको परिपत्रमा सामाजिक दूरी कायम नभएको, मास्क स्यानिटाइजर प्रयोग नगरिएको र स्वास्थ्य सतर्कतासमेत नपनाइएकाले कोरोनाको जोखिम बढ्नसक्ने तर्फ पनि सचेत गराइएको छ।
गृहले मास्क प्रयोग, सामाजिक दूरी कायममा अटेरी गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गर्न समेत निर्देशन दिएको छ।