काठमाडौं– महाबाैद्धका दुई व्यापारीलाई कोरोना संक्रमण देखिएपछि उक्त क्षेत्रका व्यापारीलाई स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरिएको छ। महाबौद्धमा व्यापार गरी बस्ने दुई भारतीय नागरिकलाई कोरोना परीक्षणमा संक्रमण देखिएको थियो।
उनीहरु गोसिफलमा डेरा गरी बस्ने बताइएको छ। संक्रमण देखिएका दुई व्यापारीसँग भेट भएका अन्यलाई समेत पिसीआर परीक्षण गर्न सुझाइएको छ।
स्थानीय व्यापारीहरुको तर्फबाट सूचना प्रकाशित गरी गणेश मन्दिरदेखि महाबौद्ध स्तुपासम्मको समुदायको पिसिआर रिपोर्ट नआएसम्म सुरक्षाको उपाय अपनाउन आग्रह गरिएको छ।