काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ६१ लाख नाघेको छ। सोमबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ६१ लाख ९९ हजार ७ सय ९६ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ४२ लाख ३२ हजार ९ सय ७९ पुगेको छ। त्यस्तै ब्राजिलमा २४ लाख १९ हजार ९१,
भारतमा १३ लाख ८५ हजार ६ सय ८५ र रुसमा ८ लाख ११ हजार ७३जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ६ लाख ४७ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ६ लाख ४७ हजार ८ सय ४६ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ४६ हजार ९ सय ३४, ब्राजिलमा ८७ हजार ४, बेलायतमा ४५ हजार ८ सय ३७, मेक्सीकोमा ४३ हजार ६ सय ८०, इटालीमा ३५ हजार १ सय ७ जनाको मृत्यु भएको छ।
विश्वभर ९३ लाख ५९ हजार ८ सय २० जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
सोमबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा १८ लाख ३ हजार १ सय ८४ , अमेरिकामा १२ लाख ७९ हजार ८ सय ६३, रुसमा ५ लाख ९९ हजार १ सय ७२ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि १८ हजार ६ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १३ हजार १ सय २८ जना संक्रमणमुक्त भएका छन् भने ४६ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या १३ लाख ८५ हजार ६ सय ८५ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३२ हजार ६३ पुगेको छ। भारतमा हालसम्म ८ लाख ८५ हजार ५ सय ७७ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ७३ हजार १ सय १३ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ५ हजार ८ सय २२ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ३७ हजार ४ सय ३४ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ७ सय ८२ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार १ सय ६ रहेको छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख २३ हजार ४ सय ५३ पुगेको छ। बंगलादेशमा हालसम्म २ हजार ९ सय २८ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख २३ हजार ८ सय ८२ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३६ हजार १ सय ५७ पुगेको छ। अफगानिस्तानमा १ हजार २ सय ५९ जनाको मृत्यु भइसकेको छ भने २५ हजार १ सय ८० उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या ९३ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ८५ छ।
माल्दिभ्समा संक्रमितको संख्या ३ हजार ३ सय २ रहेको छ। मृत्यु हुनेको संख्या १५ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ५ सय २८ पुगेको छ ।