काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना समुदाय स्तरमा नफैलिएको दावी गरेको छ ।
मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना समुदायमा नफैलिएको बताएका हुन्।
प्रवक्ता गौतमले भने, ‘हाम्रो देशमा एकै ठाउँमा धेरै संक्रमण फैलिएकोले समुदायमा कोराना फैलेको कुरा बाहिर आएको हो, हालसम्म नेपालमा समुदायमा कोरोना संक्रमण भएको प्रमाणित भएको छैन।’
यसको बारेमा स्थानीय तहहरुबाट थप खोजी कार्य भएको प्रवक्ता गौतमले जानकारी दिएका छन्।
भाइरसको फैलावटको वर्गीकरण अनुसार विश्व स्वास्थ्य संगठनले नेपालमा ठाउँ विशेषमा कोभिड–१९ केस भएको मुलुकको सूचीमा राखेको जानकारी गराए।