काठमाडौं- पछिल्लो २४ घन्टामा १ सय २१ जना कोरोना संक्रमित उपचारपछि विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। यसअघि सोमबार ६ सय २६ जना संक्रमित उपचार पछि डिस्चार्ज भएका थिए।
नेपालमा निको हुने कोरोना संक्रमितको संख्या १३ हजार ८ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
भोजपुर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ सहित ५ जिल्ला कोरोनामुक्त भएका छन्।
नेपालमा पछिल्लो २४ घन्टामा थप ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ।
मन्त्रालयका अनुसार १५ हजार ३ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन्। ५ हजार १ सय २९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
कुन प्रदेशमा कति डिस्चार्ज?
प्रदेश १– ७८९
प्रदेश २– २०१४
बागमती प्रदेश– ५१८
गण्डकी प्रदेश– १२१७
प्रदेश ५– ३९१०
कर्णाली प्रदेशमा –१६०८
सुदूरपश्चिम प्रदेश– २८१९