काठमाडौं— सरकारी चिकित्सक संघ (गोदान)को नयाँ कार्यसमितिका लागि साउन २४ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा २ जनाको प्रतिस्पर्धा हुने भएको छ। यसअघि उम्मेदवारी दिएका डा दीपक थापा मगरले उम्मेदवारी फिर्ता लिएपछि २ जनाबीचमा मात्र प्रतिस्पर्धा हुने भएको हो।
अध्यक्षमा डा मगरसहित डा रविन खड्का र डा समाज गौतमले उम्मेदवारी दिएका थिए। डा खड्का र डा गौतमले उम्मेदवारी फिर्ता नलिएपछि २ जनाबीच प्रतिस्पर्धा हुने भएको हो।
निर्वाचल समितिले अन्तिम नामावली सार्वजनिक गरेको छ। जसअनुसार संघको सचिवका एक उम्मेदवारले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। सचिवका उम्मेदवार डा रामहरि दाहालले उम्मेदवारी फिर्ता लिएका हुन्। अब सचिव पदमा डा रोशन भगत र डा विश्वनाथ अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ।
महासचिव पदका लागि डा कीर्तिपाल सुवेदी र डा विजयकुमार साहले प्रतिस्पर्धा गर्ने भएका छन्।
वरिष्ठ उपाध्यक्षका लागि डा रामप्रसाद सापकोटा र डा विजय थापा र उपाध्यक्ष पदका लागि डा सुशील मोहन भट्टराई र डा विप्लव घिमिरेले उम्मेद्वारी दर्ता गएका छन्।
डा झुमा सिलवाल र डा सुधा शाहीले कोषाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।
सदस्य पदका लागि डा सौगात पौडेल, ढा किरण पाण्डेय, डा सुसन भट्टराई, डा विजय गुरुङ, डा प्रकाश भट्टराई, डा सरदचन्द्र बराल, डा गौरव साह, डा कुशल खनाल, डा इश्वरी खनाल, डा विजयकुमार मेहता, डा हेमा जोशी, डा सचिन यादव र डा शेषराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन्।