काठमाडौ– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ६६ लाख नाघेको छ। बुधबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ६६ लाख ६२ हजार ४ सय ६२ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ४३ लाख ४७ हजार ७ सय १७ पुगेको छ। त्यस्तै ब्राजिलमा २४ लाख ८३ हजार १ सय १९,
भारतमा १४ लाख ८३ हजार १ सय ५६ र रुसमा ८ लाख २२ हजार ६० जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ६ लाख ५८ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ६ लाख ५८ हजार ८ सय ६१ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ४९ हजार २ सय ९, ब्राजिलमा ८८ हजार ५ सय ३९, बेलायतमा ४५ हजार ९ सय ६३, मेक्सीकोमा ४४ हजार ८ सय ७६, इटालीमा ३५ हजार १ सय २३ जनाको मृत्यु भएको छ।
विश्वभर ९७ लाख ३ हजार ४ सय ९८ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
बुधबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा १८ लाख ६८ हजार ७ सय ४९ , अमेरिकामा १३ लाख ५५ हजार ३ सय ६८, रुसमा ६ लाख ११ हजार १ सय ९ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि १९ हजार ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १३ हजार ८ सय ७५ जना संक्रमणमुक्त भएका छन् भने ४९ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या १४ लाख ८३ हजार १ सय ५६ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३३ हजार ४ सय २४ पुगेको छ। भारतमा हालसम्म ९ लाख ५२ हजार ७ सय ४३ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ७५ हजार २ सय २५ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ५ हजार ८ सय ६५ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ४२ हजार ४ सय ३६ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ८ सय १० रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार २ सय ९६ रहेको छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार १ सय ८५ पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख २७ हजार ४ सय २४ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३६ हजार ३ सय ६८ पुगेको छ। अफगानिस्तानमा १ हजार २ सय ७० जनाको मृत्यु भइसकेको छ भने २५ हजार ३ सय ५८ उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या ९९ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ८६ छ।
माल्दिभ्समा संक्रमितको संख्या ३ हजार ५ सय ६ रहेको छ। मृत्यु हुनेको संख्या १५ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ५ सय ४७ पुगेको छ ।