काठमाडौं- बुधबार काठमाडौंमा १४ र भक्तपुरमा १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको छ। काठमाडौंमा कोरोना संक्रमित हुने व्यक्तिको संख्या ३५० ललितपुरमा ९० र भक्तपुरमा ५१ पुगेकोछ।
बुधबार देशभर २१० संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या १९ हजार २७३ पुगेको छ।
१४६ जना व्यक्ति संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म निको हुनेको संख्या १४ हजार २१ पुगेको छ।