काठमाडौ– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ६९ लाख नाघेको छ। बिहिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ६९ लाख ५७ हजार ७ सय ६३ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ४४ लाख २४ हजार ८ सय ६ पुगेको छ। त्यस्तै ब्राजिलमा २५ लाख ५२ हजार २ सय ६५,
भारतमा १५ लाख ३१ हजार ६ सय ६९ र रुसमा ८ लाख २७ हजार ५ सय ९ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ६ लाख ६४ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ६ लाख ६४ हजार ९ सय ६१ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ५० हजार ६ सय ७६, ब्राजिलमा ९० हजार १ सय ३४, बेलायतमा ४६ हजार ४६, मेक्सीकोमा ४५ हजार ३ सय ६१, इटालीमा ३५ हजार १ सय २९ जनाको मृत्यु भएको छ।
विश्वभर ९९ लाख ४ हजार ५ सय ७९ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
बिहिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा १९ लाख २२ हजार ८ सय २ , अमेरिकामा १३ लाख ८९ हजार ४ सय २५, रुसमा ६ लाख १९ हजार २ सय ४ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि १९ हजार २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १४ हजार २१ जना संक्रमणमुक्त भएका छन् भने ५२ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या १५ लाख ३१ हजार ६ सय ६१ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३४ हजार १ सय ९३ पुगेको छ। भारतमा हालसम्म ९ लाख ८८ हजार २९ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ७६ हजार २ सय ८८ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ५ हजार ८ सय ९२ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ४४ हजार ८ सय ८३ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ८ सय १० रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ३ सय १७ रहेको छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ३२ हजार १ सय ९४ पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार ३५ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ३० हजार २ सय ९२ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३६ हजार ४ सय ७१ पुगेको छ। अफगानिस्तानमा १ हजार २ सय ७१ जनाको मृत्यु भइसकेको छ भने २५ हजार ३ सय ८९ उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या ९९ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ८६ छ।
माल्दिभ्समा संक्रमितको संख्या ३ हजार ५ सय ६७ रहेको छ। मृत्यु हुनेको संख्या १५ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ५ सय ५४ पुगेको छ ।