काठमाडौं- कर्णाली प्रदेशमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। प्रदेशका ५ जिल्लामा थप २२ जनामा कोरोना संक्रमण देखिएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रदेशको मुगुमा १, सल्यानमा ३, सुर्खेतमा ७, दैलेखमा १० र जाजरकोटमा १ जनालाई कोरोना पोजिटिभ देखिएको हो।
यो सहित कर्णालीमा हालसम्म १ हजार ९ सय ३७ जनालाई कोरोना संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये हालसम्म १ हजार ६ सय ९७ जना निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ।
